

रौतहट,२४ फागुन ।
माधव नारायण नगरपालिकाले १०९ औं अन्तराष्ट्रिय महिला दिबस भव्यताका साथ मनाइएको छ । लैङ्गिक समानताका लागी समान सोच र व्यवहार समृद्धिको अधार मुल नाराका साथै १०९ औ अन्तराष्ट्रिय महिला दिबस मनाइएको हो । सो अवसरमा नगरपालिकाका मेयर विरेन्द्र राय यादवले महिलालाई दिने सुविधा यस नगरपालिकाबाट उपलब्ध गराउदै आएको बताए । पुरुष सरह व्यवहार तथा समान पहिचानका लागी महिलाहरुले अग्रसर हुनु पर्ने बताए । सोही अवसरमा माध्यमिक विद्यालय माधोपुरका शिक्षक पृथ्वी नारायण , महिला तथा बाल बालिकाका अस्मिता कुमारी यादव , समिसा खातुन लगायतका वतmाहरुले महिलाको हक अधिकारका वारेमा चर्चा गरेका थिए । नगरपालिकाका उपमेयर सिमल कुमारी साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सोही क्रममा उपमेयर साहले बाल बालिकालाई विद्यालय पठाउन अभिभावकहरुसँग आग्रह गरेका थिए । महिला कमजोर होइन अवसरको खाचो रहेको बताए । महिलाले पुरुष सरह कार्य गर्न सकिने क्षमता रहे पनि पुरुष प्रधान देश नेपाललाई मान्नु दुख्द रहेको उनले बताए । यसै गरी निशुल्क स्वास्थय शिविरको आयोजना गरेको छ । चन्द्रपुर नगरपालिकाले लैङिक समानता लागी समान सोच र व्यवहारःसमृद्दिको आधार”भन्ने नाराका साथ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा चन्द्रपुरको सन्तपुर स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।