

, रौतहट ९ साउन ।
मौलापुर नगरपालिकाका विभिन्न वडाहरुमा ८४ घर पुर्ण रुपेण घर भत्केको छ भने ८ सय ७६ घर आशिंक भत्केको नगरपालिकाका कार्यालयले जनाएको छ । नगरपालिकाका अनुगमन टोलीले गरेको निरक्षण अनुरुप सो घर परिवार विस्थापित भएका हुन । ८४ घर परिवारले छर छिमेकी तथा विद्यालय , वडा कार्यालय जस्ता ठाउँमा बस्दै आएको बताइएको छ । नगरपालिकाका विभिन्न वडाहरुको सडक ठाउँ ठाउमा भत्केकोले आवागमन समेत अवरुद्ध भएको छ । स्थानीय तहबाट राहत वितरण गरे पनि प्रदेश तथा संघबाट कुनै किसिमको राहत प्राप्त नभएको मौलापुर नगरपालिकाका प्रशासकीय अधिकृत सिकिन्द्र शाहले बताएका छन ।