

रौतहट १३ भदौ ।
नेपाल पत्रकार महासघ रौतहट शाखाका सदस्य तथा प्रदेश न २ का सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने तथा कालो मोसो दल्ने धम्की नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश सदस्य अशोक जयसवालले दिएको प्रति नेपाल पत्रकार महासघ रौतहट शाखाको ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासघ जिल्ला शाखा रौतहटका अध्यक्ष रविन्द्र प्रसाद शाहद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा पत्रकार झा गौरको तरकारी बजार जादै गरेको अवस्थामा नेकपाका सदस्य जयसवालले दिएको दिएको प्रति घोर भत्सर्ना गरेको हो । धम्की दिने नेकपाका सदस्य जयसवाल माथि कडा भन्दा कडा कारवाहीका लागी सम्बन्धित निकायसँग जोडदार माग गरेको जारी विज्ञप्तिमा उल्लेख गरेका छन ।