, रौतहट १७ बैशाख ।
रौतहटमा कोरोना संक्रमण भेटिएका दुई जनाको सम्पर्कमा रहेकालाई पहिचान गरेर स्वाब संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमण पुष्टि भए देखि नै सम्पर्कमा रहेकालाई पहिचान गरेर स्वाब संकलन भई रहेको जिप्रकाका सुचना अधिकारी शशी दासले बताएका छन । । बृन्दावन नगरपालिकाका , देवाही गोनाही नगरपालिकामा स्वाब संकलन भइरहेको उनले बताए । वृन्दावन नगरपालिकामा १ र देवाही गोनाहीमा १ गरी मंगलवार दुई जना कोरोना संंक्रमित पुष्टि भएका छन् । दुवैको उपचार वीरगंजमा भइरहेको छ ् । संक्रमितबाट थप अन्यमा संक्रमण भए नभएको पहिचान गर्न स्वाब संकलन गरी परीक्षणको लागि पठाइने जिप्रकाबाट थाहा हुन आएको छ । स्वाब संकलनको लागि स्वास्थ्यकर्मीहरुको समूह सम्बन्धित नगरपालिकामा पुगिसकेका छन् ।