Take a fresh look at your lifestyle.
npa 9 suchana

४ जनाको रहस्यमयी मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai

बैशाष १७ ,शैलेन्द्र क्रान्ति , जनकपुर
महोत्तरीको भंगहा नगरपालिकामा ४ जनाको रहस्यमयी मृत्यु भएको छ । वडानम्बर ७ स्थित मेघनाथ गोरहन्ना टोलमा बुधवार विहानसम्म ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदा रहेको वडाध्यक्ष वासुदेव सिंह थारुले जानकारी दिए ।उनका अनुसार मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा उनीहरुको मृत्यु भएको हो। सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण उनीहरुको मृत्यु भएको हुन सक्ने वडाध्यक्ष सिंहको अनुमान छ । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्युु भएको निष्कर्षमा पुग्न नसिकने बताए । ‘केही मानिस झाडापखालाबाट, केही रक्सी नखाने व्यक्तिको पनि मृत्युु भएको छ,’ उनले भने, ‘तीन र चार दिनको अन्तरालमा उनीहरुको मृत्यु भएको हामीले खबर पाएका छौं । एक जनाको शवलाई पोस्टमार्टम गर्न शव नियन्त्रणमा लिन प्रहरीको टोली जलाउने ठाउँमा पठाएका छौं। पोस्टमार्टम पछि मात्र केही भन्न सकिन्छ ।’ गंगाराम सदाको शव जलाउने स्थलमा प्रहरी पुग्दा जलाइ सकिएको थियो । लालबाबु सिंहलाई बिहान जनकपुर उपचारका लागि लाँदै गर्दा बाटोमै मृत्युु भएको थियो । चार जनामध्ये उनको शव मात्र जलाउन बाँकी रहेकाले प्रहरीले नियन्त्रणमा लिन गएको हो ।यसैबीच मृतक लालबाबुको घरबाट प्रहरीले रक्सी बरामद गरेको छ । यसको परिक्षण गरिने प्रहरीले जनाएको छ । विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्युु हुन सक्ने आशंका भएपछि प्रहरीले स्थानीय मदिरा भट्टीमा छपामारी गरेको छ । स्थानीय रामपुकार सिंहको घरमा मदिरा तयार गर्न राखेको ८ सय लिटर कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.