

,रौतहट,२९ जेठ ।
नगरवासीको समस्या मेयरले ध्यान नदिएपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) रौतहट क्षेत्र न.१ का अध्यक्ष तथा मेयर प्रत्यासी भिखारी प्रसाद यादवको अगुवाईमा बिश्वनाथ साह ,धर्मेन्द्र गिरी ,पम्चन साह तेली, कमलेश मिश्र ,शिवसरण साह समेतको टोलीले नगरपालिका का निमित्त प्रशासकीय अधिकृत सन्जय पान्डेलाई ज्ञापन–पत्र बुझाएको छ । मेयर प्रत्यासी भिखारी प्रसाद यादवलाई मेयर सिंहले भेट्ने समय कार्यालयमा बिहान ११ बजेको समय दिए पनि दिउँसो ३ बजे सम्म कार्यालय कुर्दा नआएपछि निमित्त प्रशासकीय अधिकृत पान्डेलाई ज्ञापन–पत्र बुझाउन बाध्य भएको बताइएको छ ।
राजदेवी नगरपालिकाका जनता बर्षौनी बागमती नदीको बाढीका कारण खान लाउन कठिनाई भोगेको पिडा तथा अहिले कोरोना भाइरस को थप पिडाले समस्या परेकालाई यथाशिघ्र समाधान गर्न ज्ञापन बुझाइएको छ । राजदेवी नगरपालिकाका मेयरलाई भेटन दुई महिना देखि नगरवासीहरु नगरपालिकाको कार्यालयमा धाउदा धाउदै मारमा परेका गुनासो समेत गरेका छन ।