

रौतहट ३ असार ।
बौधीमाई नगरपालिका ४ ईनारबारीको बासघारीमा रहेको अवैध भटी प्रहरीले नष्ट गरेको छ ।
बौधीमाई नगरपालिका ४ ईनारबारी बस्ने रामप्रताब साह र खटु साह मिली संचालन गरेको अबैध घरेलु मदिरा भट्टी ईलाका प्रहरी कार्यालय कोप्वापिपरीया रौतहटबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले मदिरा भट्टी नष्ट गरेको २ न प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएकोछ । मदिरा बनाउन तयारी हालतमा राखीएको कच्चा पदार्थ अन्दाजी दुई हजार लिटर समेत सोही स्थानमा नष्ट गर्नुको साथै खाली ड्रम थान ११ नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कोप्वापिपरीयामा ल्याई आवश्यक कारवाही भईरहेको जनाएको छ ।