Take a fresh look at your lifestyle.
npa 9 suchana

दुर्गा भगवती गाउँ पालिकाद्धारा आइसोलेन वेड निर्माण कार्य थालनी

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ६ असार ।
रौतहटमा आइसोलेनको अभाव रहेकोले दुर्गा भगवती गाउँ पालिकाले आइसोलेन निर्माण कार्य थालनी गरेको छ । कोरोना भाइरस महामारी फैली रहेको अवस्थामा दुर्गा भगवती गाउँ पालिकामा आइसोलेन नरहेकोले आइसोलेन निर्माण कार्य थालनी गरेको दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुण साहले बताएका छन । विदेशमा कार्य गर्दै गरेको मजदुरहरु लकडाउन भए पछि आफनो गाउँ घर फर्कने गरेकोले आफनै गाउँ पालिकामा आइसोलेन नभए पछि अन्यत्र नगर पालिकाका आइसोलेनमा पठाउनु परेको बाध्यता रहेको अध्यक्ष साहले बताए । ३० वेडको आइसोलेन स्वास्थ्य कार्यालय गगापिपरामा निर्माण कार्य भइ रहेको बताइएको छ । सुविधा सम्पन्न आइसोलेन निर्माणमा कुनै कुनै प्रयास कमी नराख्ने अध्यक्ष साहको धारणा रहेको छ । लक डाउन तथा कोरोनाको कहर वावजुद पनि भौतिक निर्माण कार्य भई रहेको उनले बताएका छन । रौतहटमा ४ सय ७० आइसोलेन वेड रहेको छ भने ७ सय ४२ जना आइसोलेनमा बसेका छन । आइसोलेन वेडको अभावका कारण क्वारेटाइनमा पनि आइसोलेन बनाएर राख्ने गरेको थाहा हुन आएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.