

, रौतहट ११ भाद्र ।
बौधीमाई नगरपालिकाका सरमुजवा टोलमा एक जनालाई करेन्ट लागेर मृत्यु भएको छ । गणेश दास तत्माका ३५ वर्षीय छोरा रुपन दासको विहीवार विहान १० वजे करेन्ट लागेर मृत्यु भएको हो । कचोर्वामा काम गरी रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न २ का सदस्य तथा सरमुजवा निवासी त्रिभुवन साहले बताएका छन ।