

रौतहट, ११ भाद्र ।
सास फेर्न समस्या भएको रोगीका मृत्यु भएको छ । राजदेवी नगरपालिका–७ मुडवल्वाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो । सास फेर्न समस्या भएपछि उनलाई तराई हस्पीटलमा भर्ना गरिएका थिए । कोरोनाको शंका लागेपछि तराई हस्पीटलले नारायणीमा पीसीआर परीक्षणका लागि पठाएको थियो । उनको त्यहीँ मृत्यु भएको वीरगञ्ज नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ ।