Take a fresh look at your lifestyle.
npa 9 suchana

मापदण्ड विपरीत क्रसर उधोग तत्कालका लागी बन्द

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १९,मंसिर ।
रौतहटका विभिन्न स्थानमा संचालन रहेका मापदण्ड विपरीत क्रसर उधोग तत्कालका लागी बन्द गर्ने जिल्ला विपत व्यवस्थापन समितिको बैठकबाट गरेको छ । ८ वटा क्रसर उद्योगलाई प्राविधिक समितिको प्रतिवेदनका आधारमा सो समितिको बैठकबाट बन्द गर्ने निर्णय गरेको हो ।
प्रतिवेदनका आधारमा श्रीराम जानकी क्रसर उद्योग वृन्दावन नगरपालिका–६ , सुमुख क्रसर उद्योग फतुवा विजयपुर नगरपालिका–८, शिवशंकर क्रसर उद्योग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ उद्योग वृन्दावन नगरपालिका–१, शिवम् बालुवा वासिङ उद्योग वृन्दावन नगरपालिका–१, आश्रय अस्फाल्ट एण्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका–८ , रमन–सगरमाथा जेभी गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिवनी जेभि फतुवा विजयपुरलाई बन्द गर्ने निर्णय भएको प्रजिअ इन्द्र देव यादवले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय वा सम्बन्धित स्थानीय तहमा उद्योग दर्ता नभई र अनुमति प्राप्त नगरी सञ्चालन गर्दै आइरहेकाले तत्काल बन्द गर्ने निर्णय भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई क्रसर सञ्चालन गर्ने अनुमति प्राप्त गरेको तर आवश्यक मापदण्ड पूरा नगरेका क्रसर उद्योगलाई हाललाई बन्द गरी मापदण्ड पुर्याएपछि मात्र संचालन गर्न अनुमति दिइने निर्णयमा उल्लेख छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.