Take a fresh look at your lifestyle.
npa 9 suchana

भन्सार छलीका सर सामानहरु भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai

दिनेश साह , रौतहट ५ पुस ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी बोरा र झोलाहरु टाउको र मोटरसाईकलमा बोकी नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले एक लाख सतहत्तर हजार पचास समान पक्राउ गरी भन्सार चलान गरेको छ ।
प्रहरी गस्ती टोलीलाई देखी उक्त बोरा, झोलाहरु मोटरसाईकल सहित छाडी भागी फरार भएकोले प्रहरी टोलीले बोरा, झोलाहरु र मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बोरा, झोलाहरु खोली हेर्दा अं.मुल्य रु.एक लाख तिरचालिस हजार बराबरको कुर्ता सुरुवालको कपडा, सर्ट पाईन्ट कपडा, सुती साडी, सिल्की साडी, पेटीकोटको थान कपडा, चदर (सल) कापी, डटपेन, पेनसिल लगायतका सर सामानहरु लगायतका अन्य सर सामानहरु, अं.मुल्य तीस हजार बराबरको एक थान मोटरसाईकल, नेपालबाट भारत तर्फ भित्र्याउने क्रममा अं.मुल्य तीन हजार पाँच सयको मटर (केराउ) समेत गरी जम्मा अं.मुल्य रू एक लाख सतहत्तर हजार पचास वरावरको सर सामानहरु वेवारीसे अवस्थामा फेला पारी रित पुर्वक बरामद गरी आवश्यक कारवाहीको लागि आज आइतवार गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रकाले जनाएको छ।
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले सो परिमाण वरावरको सर समानहरु वरामद गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.