

दिनेश साह , रौतहट ६ पुस ।
जिल्लाका साविक सखुअवा धमौरा गा.वि.स.वडा नं.७ हाल वृन्दावन न.पा.वडा नं.६ हर्षाहा टोल वस्ने वर्ष २८ को अनिल कुमार पटेलले ४४ लाख ७८ हजार ५ सय ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
ओम्नी अटोमोबाईल प्रा.लि. चन्द्रनिगाहपुरको ट्याक्टर सो रुमबाट किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम पटेलले २०७५ साल साउन १ गते देखि बुझदै आए पनि कम्पनीलाई नबुझाएको जाहरी आएको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
२०७५ साल साउन देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भनि बुझि लिई कम्पनीमा बुझाउनु पर्नेमा नबुझाई रु.४४,लाख ७८ हजार ,५०० रकम ठगी गरेको भन्ने व्यहोरा जाहेरी दरखास्त परेपछी जाहेरी दरखास्त दर्ता गरी निज अनिल कुमार पटेललाई आइतवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहट जिल्ला अदालतबाट ७ (सात) दिन न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी गरेकोमा थप अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको हो ।