Take a fresh look at your lifestyle.
npa 9 suchana

चोरीमा प्रयोग गरिएका औजार सहित ४ जना मानिस पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ९ पुस ।
कटहरिया न.पा. वडा नं.५ बस्ने थरुवा भन्ने बिजय कुमार यादबको घरमा सुरुङ खनी घर भित्र प्रवेश गरी चोरी गरी रहेको अवस्थामा चोरलाई घर धनीले स्थानिय मानिसहरुको सहयोगमा पक्राउ गरेको छ ।
बुधवार राती अं.०१ः०० बजेको समयमा चोरहरुले चोरी गर्न गएको अवस्थामा कटहरिया न.पा. वडा नं.५ बस्ने पनिलाल राय यादबको छोरा बर्ष २० को अगम यादबलाई घर धनीले स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिई रहेको भन्ने सुचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट खटिई गएको प्रहरी टोलीले अगम यादबलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
यादवसँग सोधपुछ गर्दा कटहरिया न.पा. वडा नं.५ बस्ने बस्ने नन्दलाल राय यादबको छोरा अं.बर्ष २० को गुडु यादब, राजाराम साहको छोरा अं.बर्ष २० को सुधिर कुमार साह र शेख अजामको छोरा अं. बर्ष १८ को शेख ईर्साद समेत भई चोरी गर्न आएको तथ्य खुल्न आएको छ ।
पक्राउ परेका यादवले अन्य व्यतिmहरु रहेको बताएकोले निजहरुलाई तत्कालै खोज तलास गर्ने क्रममा कटहरिया बजारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी चोरी गर्नलाई लिई गएको फलामको धारिलो दबिया थान १ र फलामको खन्ती थान १ बरामद गरीएको थियो । जिल्ला अदालत रौतहट गौरबाट ५ दिन को म्याद थप अनुमती लिई न्यायीक हिरासतमा राखी अनुसन्धान भई रहेको जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.