काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरु नेकपाको पुरानो कार्यालय बल्खु पुगेका छन् । प्रचण्डसहितका नेताहरुले स्वर्गीय नेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन् । कम्युनिस्टहरुको एकताको ऐतिहासिक आवश्यक्ताबारे प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खु नजिक पहिलाको पार्टी कार्यालयमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने र देशभरी सच्चा कम्युनिस्टहरुको एकता आवश्यक रहेको सन्देश दिन बल्खु पुगेको प्रचण्डले बताए् । केन्द्रीय समितिको दोस्रो बैठकबाट बल्खुमा कम्युनिस्टहरुको भाव झल्किने भवन निर्माण गर्ने निर्णयको स्मरण गर्न पनि आफु बल्खु आएको प्रचण्डको भनाई थियो । उनले संसद विघटन सफल हुन नदिने प्रतिवद्धता पनि जनाए । त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले बल्खुस्थित पार्टी कार्यलय भवन बनाउने सन्दर्भमा आफु जोडिएको भन्दै नेकपाको मुल धार आफुहरुले नेतृत्व गरेको भएको बताए । उनले विगतमा कमीकमजोरीलाई स्वीकार गर्दै आन्दोलनको यात्रमा आउन आग्रह गरे । संविधानको भावना र मर्मविपरित संसद विघटन गर्ने काम प्रधानमन्त्री ओलीबाट भएको भन्दैै उक्त कदम आफुहरुले कुनै हालतमा स्वीकार नगर्ने बताए । ‘प्रतिनिधि सभालाई त्यस्तो तानाशाही प्रकृयावाट विघटन गर्न पाइदैन’ नेता नेपालले भने । प्रचण्ड, नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल र अमृत बोहोरा पनि बल्खु पुगेका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments