

दिनेश साह रौतहट १० पुस ।
रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुहरुमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको एक लाख व्यालिस हजार आठ सय पचहत्तर रुपैयाँ बराबरको समान आज शुक्रवार भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
पेन्टी, कबो ड्रेस, टेप गंजी, ट्राउजर, गंजी, अबिर, डोल्ची, शिखर चुरोट, सल, स्वीटर, खुर्सानी, अंचार र चिनी, कापी, डटपेन, राज निवसा, लगायतका अन्य सर सामानहरु वेवारिसे अवस्थामा फेला पारी रित पूर्वक बरामद गरी आवश्यक कारवाहीको लागि आज शुक्रवार गौर भन्सार कार्यालयमा बुझाईएको जिप्रका रौतहटले जनाएको छ ।