विशेश्वर मिश्र , रौतहट १० पुस ।
जुद्ध माध्यमिक विद्यालय गौरका विद्यार्थीहरुले गौर सदरमुकाममा जुलुस प्रर्दशन गरेका छन । विद्यालयले पठन पाठन गराएको वापत फि लिदै आएको विरोधमा विद्यार्थीहरुले आज शुक्रवार जुलुस प्रर्दशन गरेका छन । विद्यालयले अग्रेजी माध्यमबाट पठन पाठन गराएको वापत गैर सरकारी विद्यालय जस्तै फि लिदै आएको विद्यार्थीहरुले बताएका छन । फि को विषय लिएर गौर नगर पालिकाले कुनै वहानामा फि नलिन पत्र विद्यालयलाई पठाए पनि विद्यालयले वास्ता नगरी फि लिदै आएको आरोप लगाउदै आज जुलुस प्रर्दशन गरेका हुन । माध्यमिक तहमा निशुल्क शिक्षा दिने सरकारको निति रहेको छ । यस सम्बन्धमा प्रअ चन्देश्वर राउत सँग सम्पर्क गर्दा अभिभावक सँग हस्ताक्षर गराई अग्रेजी माध्यमबाट पढने विद्यार्थी सँग फि लिने गरेको बताए । विद्यालयमा जनशक्तिको अभाव रहेकोले फि बाट शिक्षकलाई तलव दिने गरेको बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments