

, रौतहट, ११ माघ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य रविन्द्र मण्डललाई ५१ हजार नगद सहयोग गरिएको छ । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले उनलाइ सो रकम सहयोग गरेका हुन। दुर्घटनामा परेर लामो समय देखि उपचारत रहेका मण्डललाई नेपाल पत्रकार महासंघ रौतहट शाखाको ११ औं साधारणसभामा सहयोगको घोषणा गरिएको थियो । सोहि अनुरुप आज मण्डललाई नगद सहयोग दुर्गा भगवती गाउ पालिकाका अधयक्ष साहले गरेका छन