दिनेश साह ११ माघ ।
एक लाख चौवालीस हजार चार सय साठी रुपैयाँ वरावरको सर समान आज गौर भन्सार कार्यालयमा बुझाइएको छ । रित पूर्वक बरामद गरी आवश्यक कारवाहीको लागी आज गौर भन्सार कार्यालयमा बुझाईएको छ । जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत आज विहान अं.०७ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका वडा नं.८ लक्ष्मिपुरबाट वेवारिस अवस्थामा सो समानहरु फेला परेकोले भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी झोला र बोराहरु नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देखी झोला र बोराहरु छाडी भागी फरार भएको हुँदा प्रहरी गस्ती टोलीले उक्त झोला र बोराहरु वेवारिसे अवस्थामा फेला पारी खोली हेर्दा एक लाख चौवालीस हजार चार सय साठी बराबरको चिनी, कपडा, राउडर, सि.सी. क्यामरा, मोटरसाईकलका विभिन्न पार्टसहरु, कष्टमेटिक सरसामानहरु, मोबाईल चार्जर, डाटा केवल लगायतका अन्य मालबस्तुहरु वेवारिसे अवस्थामा फेला पारीएको थियो
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments