Take a fresh look at your lifestyle.
npa 9 suchana

तीन लाख पाँच हजार पाँच सय बराबरको माल बस्तु समेत २ जना आज गौर भन्सार चलान

gadhimai nagar palika ko suchana
suchana gadhimai


दिनेश साह रौतहट २९ माघ ।
दुई लाख पन्चानब्बे हजार नौ सय वरावरको सर समान प्रहरीले वेवारीसे अवस्थामा फेला पारी गौर भन्सार कार्यालयमा चलान गरेको छ ।
अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी झोला बोराहरुमा राखि नेपाल तर्फ भित्र्याई ल्याएका कपडा, मिक्चर मेसिन, चिनी, खैनी, विस्कुट, लेडिज चपल, वच्चाको जिन्स पैन्ट, कानको टप, साईकल, टिका, साडी, सल, ठुलो फ्रक, सानो वच्चाहरुको फ्रक, वावा सुट लगायतका अन्य माल वस्तुहरु वेवारीसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बुधवार करिव १९ वजेको समयमा दुई लाख पन्चानब्बे हजार नौ सय बराबरको सर समाान वेवारीसे अवस्थामा फेला परेको थियो ।
प्रहरी चौकी लक्ष्मिपुर बेलबिछुवाबाट खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका वडा नं. ८ बेलबिछुवामा नेपालबाट भन्सार छली चोरी पैठारी गरी सौफी रक्सी ८ कार्टुन टाउकोमा बोकी भारत तर्फ लैजादै गरेको अवस्थामा भारत बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत भकुरहर वडा नं. १५ बस्ने बर्ष ३५ को असलम खान र बर्ष ४० को अब्बास खान समेतलाई नियन्त्रणमा लिएको जिप्रका रौतहटले जनाएको छ ।
नौ हजार छ सय बराबरको ८ कार्टुन सौफी रक्सी समेत गरी जम्मा तीन लाख पाँच हजार पाँच सय बराबरको माल बस्तु समेत २ जना मानिस आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाईएको छ ।
जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत बुधवार जिप्रका तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न समय र स्थानमा खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी झोला बोराहरुमा राखि नेपाल तर्फ भित्र्याई ल्याएका सर समान फेला पारेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.