Take a fresh look at your lifestyle.
npa 9 suchana

ग्याँस चुल्ला र सिलेन्डर वितरणमा व्यापक भेदभाव

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २२ फागुन ।
यमुनामाई गाउँ पालिकाका वडा न ५ मा झुन्खुन्वा टोलमा ग्याँस चुल्ला र सिलेन्डर वितरणमा व्यापक भेदभाव भएको छ । यमुनामाई गाउँ पालिका वडा न ५ का वडा अध्यक्ष रहमत आलम राकीले आफनो इष्टमित्र , नातागोता तथा गैर दलित , शिक्षक , डाक्टरलाई ग्याँस चुललो र सिलिन्डर वितरण गरेको झुन्खुन्वाका दलितहरुले बताएका छन । गत वर्षमा वडा न ५ मा २२५ वटा ग्याँस सिलेन्डर तथा चुल्लो र यस वर्षमा १२० वटा ग्याँस सिलेन्डर र चुल्लो आफनो मानिसलाई मात्र दिएको एकल महिला मिना देवी पासवानले आरोप लगाएकी छिन । कम्बल , टिनका छानो , ग्याँस चुललो र सिलेन्डर समेत दलितहरुलाई दिएको छैन रुपा हजराले बताएका छन । प्रधानमन्त्री स्वरोजगार कार्यमा दलितहरुलाई समेत नराखेको दुखेसो पोखेका छन । वडा अध्यक्ष रहमत आलम राकी सँग सम्पर्क गर्दा आफु गत वर्ष २२५ र यस वर्ष १२० वटा ग्याँस चुल्लो वितरण गरेको बताए । दलित लगायत अन्य जातजातीका मानिसहरुलाई ग्याँस चुल्लो र सिलेन्डर प्रदान गरेको बताए । प्रशासकीय अधिकृत रामश्रेष्ठ थादवसँग सम्पर्क गर्दा ग्याँस चुल्लो र सिलेन्डर दलितलाई पहिलो प्राथमिकता रहेको बताए । १ हजार ३ सय ग्याँस चुल्लो र सिलेन्डर यमुना माई गाउँ पालिकाबाट खरिद गरि वडाहरुमा वितरण गर्न वडा अध्यक्षलाई जिम्मेवारी दिएको थाहा हुन आएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.