Take a fresh look at your lifestyle.
npa 9 suchana

कबाडीको समान लोड भएको ट्रक पक्राउ ।

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २३ जेठ ।
सशस्त्र प्रहरीले बौधीमाई नगरपालिकाको बंकुल बजारबाट कबाडीको समान लोड भएको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
ना २ ख ८४५९ नम्वरको ट्रकमा कबाडीको समानहरु लोड गरेर सिमा पारी भारत तर्फ लैजाने अवस्थामा सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । बिलबिजकहरु नभएको कबाड सिमापारी पठाउन लागिरहेको अवस्थामा शुक्रवार रातिको समयमा विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाको संयुक्त प्रयासबाट करीब १० टन फलामको रड सहितको कबाड नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक धु्रव कार्कीले बताए ।
बरामद भएको कबाड सहितको ट्रकको बजार मूल्य करीब २५ लाख मुल्य बराबरको रहेको जानकारी दिदै उपरिक्षक कार्कीले थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.