

रौतहट असोज ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं.१ ट्रसमिटर चोक स्थितमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा नौ लाख चौसठी हजार रकम सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको बि आर ३० भी ०५३१ नं. को मोटरसाईकल लाई शंका लागी रोकी चेक जाँच गर्दा सो मोटरसाईकलको बाँया हैण्डिलमा कालो प्लास्टिकको झोला चेक जाँच गर्दा स्रोत नखुलेको नेपाली रु नौँ लाख चौसठ्ठी हजार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताएका छन ।
मो.सा. चालक भारत बिहार जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ वडा नं.६ बस्ने अं. बर्ष ३६ को राज कुमार भगत समेतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ । असोज २६ गते १२ ः १२ बजेको समयमा पक्राउ गरेको थियो ।