Take a fresh look at your lifestyle.
npa 9 suchana

रथ सहित अन्य सामानहरु भन्सार दाखिला

gadhimai nagar palika ko suchana
suchana gadhimai

रथ सहित अन्य सामानहरु भन्सार दाखिला
, रौतहट ३१ भाद्र ।
पाँच लाख सतचालिस हजार बरावरको रथ सहित अन्य सामानहरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाईको लागी गौर भन्सार चलान गरेको छ ।
शनिवार अन्दाजी ५ बजेको समयमा जिल्लाको माधव नारायण नगर पालिका वडा न ६ स्थित सडकमा प्रहरी चौकी माधोपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बि आर ३३ एफ ४८६१ नम्बरको भारतीय रथलाई रोक्दा चालक रथ रोकी भागी फरार भएकोले प्रहरीले रथ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक एलिजा गिरीले बताएकी छन ।
उक्त नम्बरको रथ बोलेरो गाडीको बडिको स्वरुप परिवर्तन गरि बनाईएको, बिहेमा लैजाने बहानामा रथमा जडान गरिएको म्व् क्यगलम क्थकतझ थान –२, जेनेरेटर थान–१, एम्प्लिफायर थान–१, ीभ्म् स्टेब्लाईजर थान–१ र ीऋम् थान–१ लगायतका बिभिन्न सामानहरु भंसार छलि चोरी निकासी गरी नेपालमा बिक्री गर्ने उदेश्यले ल्याएको भन्ने बुझिन आएको जिप्रका रौतहटले जनाएको छ ।
सो को अन्दाजी मूल्याँकन पाँच लाख सत्तचालिस हजार रुपैया बराबरको रथ थान–१ र उक्त सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरी नायव उपरिक्षक एलिजा गिरीले बताइन् । रथ चालकको खोजतलास भईरहेको उनले भनिन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.