Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटमा वर्षासँगै नदी–खोलामा बहाव बढ्यो, केही क्षेत्रमा सडक अवरुद्ध

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहटमा वर्षासँगै नदी–खोलामा बहाव बढ्यो, केही क्षेत्रमा सडक अवरुद्ध
रौतहट, ३० असार । लगातारको वर्षापछि रौतहटका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्दै जाँदा जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ। प्रशासनले नदी तथा बाढी प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राजपुर नगरपालिका–२ स्थित लालबकैया नदीको जलस्तर चेतावनी तहभन्दा तल रहे पनि निरन्तर बढिरहेको छ। मंगलबार दिउँसो २:१५ बजेदेखि फतुवा लालबकैया पुलको पश्चिमतर्फ रहेको लच्कामा करिब एक फिट पानी ओभरफ्लो भएको प्रहरीले जनाएको छ। हालसम्म उक्त क्षेत्रमा सवारीसाधनको आवागमन सुचारु रहे पनि जोखिम बढ्दै गएको भन्दै स्थानीयलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
यता, गुजरा नगरपालिका–९ अन्तर्गत बाल्चनपुर–जंगलसैया भित्री सडक खण्डमा पर्ने लम्हा खोलामा निर्माणाधीन पुलको डाइभर्सन सडक आज बिहान आएको बाढीले बगाएपछि सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ। यसका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ।
घटनापछि सुरक्षा व्यवस्थापन तथा आवश्यक समन्वयका लागि इलाका प्रहरी कार्यालय सिमराभवानिपुरबाट प्रहरी नायब निरीक्षक सिकिन्द्र प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले नदी तथा खोलाको बहाव अझ बढ्न सक्ने सम्भावना रहेकाले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन, अनावश्यक आवतजावत नगर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.