Take a fresh look at your lifestyle.
npa 9 suchana

फोटो पत्रकारिता तालिम शुरु

gadhimai nagar palika ko suchana
suchana gadhimai
रौतहट ,जेठ ३१  :  रौतहटको गौरमा तीन दिने आधारभुत फोटो पत्रकारिता संचालन भएको छ । नेपाल फोटो पत्रकार महासंघ रौतहटको आयोजनामा सदरमुकाम गौरको कर्मचारी मिलन केन्द्रमा सो तालिम संचालन भएको हो ।

रौतहटका पत्रकार लाई फोटो पत्रकारिता तालिम दिइएको हो । सो तालिमको उदघाटन गर्नु हुदै जिल्ला अदालत गौरका न्यायधिश लेखनाथ ढकालले फोटो पत्रकारको समाजमा महत्वपुर्ण भुमिका रहने बताउनु भएको छ । फोटोले यथार्थ चित्रण गर्ने भएकाले पनि पत्रकार लाई यस्तो तालिमको महत्व हुने बताउनु भयो ।

यमुनामाई गाउँ पालिकाको सुचना

सोही कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द, गढिमाई नगरपालिकाका प्रमुख श्याम प्रसाद यादब, दुर्गा भगबती गाउपालिकाका अध्यक्ष अरुण साह, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको प्रमुख अनिल केसरी, गढिमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर बिक, नेपाल फोटो पत्रकार महांसघका उपाध्यक्ष सागर श्रेष्ठ, महासचिब हरी रेग्मी,  नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रवीन्द्र साह, लगायतका अतिथिहरुले तालिम उपयोगी बनोस भन्दै शुभकामना दिनु भएको थियो ।

तालिममा सहभागिहरु लाई आर आर क्याम्पसका प्राध्यापक विजयकुमार सिंहले पशिक्षण दिनु भएको थियो । कार्यक्रमको संचालन नेपाल फोटो पत्रकार महासंघ रौतहटका सचिब गौतम श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष संजय कार्कीले गर्नु भएको हो । सो कार्यक्रम नेपाल फोटो पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रभात कुमार झाले अध्यक्षतामा भएको हो ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.