Take a fresh look at your lifestyle.
npa 9 suchana

जमिन भाडामा लिएर तरकारी खेती गरेर आम्दानी

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ४ असार// गुजरा नगरपालिकामा एक सुकुम्वासीले जमिन भाडामा लिएर तरकारी खेती गरेर आम्दानी लिइरहेका छन । गुजरा नपा २ कटानीटोलका चन्द्र बहादुर थिङ्गले तरकारी खेती गरेका हुन ।

बार्षिक प्रति कठ्ठा दुइ हजार जमिन धनीलाइ बुझाउने गरी १२ कठ्ठा जमिन भाडामा लिएका छन ।

भाडामा लिएको १२ कठ्ठा मध्ये करीव ५ कठ्ठा जमिनमा तरकारी खेती गरेका थिङ्गले गएको सिजनमा ६५ हजार नाफा गरेको बताए ।

जनताशिल भुमि अधिकार संगठनबाट ३५ हजार कर्जा लिएर उनले तरकारी खेती शुरु गरेका थिए । कर्जाको रकमले सिचाइ गर्न पानी तान्ने मोटर राखेका छन ।

मल, बिउ सहजरुपमा नपाइने र उचित प्राबिधिक सल्लाह समेत नपाइने हुदा व्यवसायीकरुपमा तरकारी खेती गर्ने किसानहरु पिडित बन्दै आएको उनले बताउका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना

गएका सिजनमा बोडी, लौका, करेला, भिन्डी, फर्सी , खुर्सानी उनले उत्पादन गरेका छन ।

पछिल्लो दिनहरुमा श्रीमान श्रीमती नै तरकारी खेतीमा जुटेका छन । मेहनत गर्न सके तरकारी खेती बाट कमाइ हुने उनीहरुको अनुभव रहेको छ ।

अव आउने सिजनमा बढी  जमिनमा तरकारी खेती गर्ने तयारीमा रहेका   थिङ्ग रहेका छन ।

जमिन भाडामा लिएर भएपनि सुकुम्वासीहरु लाइ आत्मनिर्भर बनाउनका लागी भुमि अधिकार मन्चले आयआर्जन कार्यमा आर्थिक सहयोग गर्दै आएको भुमि अधिकार मन्चका रौतहट जिल्ला संयोजक अनुप माझी मुसहरले बताएका छन ।

रौतहट जिल्लाको ५ वटा नगरपालिकोको २१ वटा वडामा सुकुम्वासीहरु संगठीत भएर बिभिन्न आयमुलक कार्यक्रमहरु तथा अकिारका लागी आवाज उठाउदै आएका छन ।

जिल्लामा यस बर्ष दुइ हजार ५ सय ६७ जना सुकुम्वासीले नाम दर्ता गराएका छन ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.