Take a fresh look at your lifestyle.
npa 9 suchana

आयल निगमको मूल गेटमा नेविसंघको धर्ना

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौं ,असार ८  ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ । नेपाल विद्यार्थी संघले शुक्रबार अपरान्ह नेपाल आयल निगमको केन्द्रीय कार्यालयसहित देशका विभिन्न भागमा रहेका निगम कार्यालयको मूल गेटमा धर्ना दिँदै मूल्य वृद्धि फिर्ता नभएसम्म सरकार विरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना

निगमको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित धर्ना कार्यक्रमको नेतृत्व गरेका संघका उपाध्यक्ष पुष्पविक्रम शाहीले जनताको दैनिक उपभोग्य बस्तुमा बढाइएको मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । धर्ना कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी समेत लगाएका थिए ।

संघले पेट्रोेलियम पदार्थमा गरिएको मूल्यवृद्धि एकमुष्ट रुपमा फिर्ता गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आएका छन । पेट्रोलियम पदार्थमा पछिल्लो पटक मूल्य वृद्धि गरेलगत्तै संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.