प्रस ,रौतहट, २५ कार्तिक ।
सर्लाही जिल्लाको बरहथवा ९ टारी टोल निवासी हाल १३ बर्ष देखि इजरायलमा बैदेशिक रोजगारको क्रममा बस्दै आईरहेकी समाजसेवी शरिन ख्युङ्गवा तामाङ्गले आगलगी पिडितलाई सहयोग गरेकी छिन । पिडित परिवारलाई चामल ५० के.जी, आलु ५ के.जी, दाल १ के.जी, मस्यौरा २ के.जी, नमक १ के.जी, खानेतेल १ के.जी, चिउरा ५ के.जी र ब्लैकेट १ थान सहयोग गरेकी छिन । रिपोटर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष तथा मधेश प्रदेश अनलाइन निर्देशक÷प्रबन्धक अभिमनु कुमार पटेलको पहलमा वितरण भएको हो । े वितरण कार्याक्रममा पूर्व गाविस अध्यक्ष जगदिश पटेल, राजपा नेपालका केन्द्रीय सदस्य बिबेक कुमार यादव, युवा नेता ओमलोक पटेल,संघीय समाजवादी फोरम नेपालका नेता अरबिन्द कुमार यादव, शिक्षक रामसेवक प्र.जयसवाल, रामनारायण पटेल, सशस्त्र बेस क्याम्प सरमुजवाका प्रहरी सहायक नायब निरीक्षक, मोतिपुर नरकटिया चौकीका हवल्दार लगायत स्थानीयहरको उपस्तिथिमा राहत सामाग्री वितरण गरिएको छ । बिगु ठाकुर, सिकिन्द्र ठाकुर, बिजय ठाकुर र बिरेन्द्र ठाकुरलाई खाद्यान्न सामाग्री र कपडा सहयोग गरेका हुन । परोहा न.पा वडा नं ८ मोतिपुर नरकटिया टोलमा लक्ष्मी पुजाको राति बति बाल्ने क्रममा आगलागी हुँदा ४ जनाको घरको धनमाल, जलेर नष्ट भएको थियो ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
अर्को
- प्रतिक्रिया
- Facebook Comments