Take a fresh look at your lifestyle.
npa 9 suchana

सटर तथा ताल्चा फुटाउने औजार सहित दुई जना पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट साउन ८ गते ।
गरुडा नगरपालीकाका शिवनगर बजारमा अपरिचित पुरुष व्यक्तिहरुले सटर फुटाउने , ताल्चा काटने जस्ता औजार बोकी डाँका , चोरी गर्ने उदेश्यले हिडीरहेकोले प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय शिवनगरको प्रहरी टोलीले जिल्ला रौतहट गरुडा नगरपालीका वडा नं. ५ शिवनगर बजारमा दुई जना अपरिचित पुरुष व्यक्तिले सटर फुटाउने , ताल्चा काटने फलामको लामो कैची साथमा बोकी हिडिरहेको अवस्थामा खटिएको प्रहरीलाई देखि दुबै जना भाग्ने क्रममा पक्राउ गरिएको जिप्रका रौतहटले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला रौतहट गरुडा नगरपालिका वडा नं. ५ बस्ने वर्ष १९ को चुनचुन राम र वर्ष १९ को राजेश राम रहेका छन । तीनीहरुलाई फेला पारी प्रहरीले नियन्त्रणमा लिएको जिप्रका रौतहटले जनाएको छ । साउन ७ गतेका दिन रौतहट जिल्ला अदालत बाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ । सय प्रकारको कार्य गर्ने यी मानिसहरुको गिरोह नै हुन सक्ने रहेकोले निजहरुलाई आवश्यक अनुसन्धान समेत गरीने बताइएको छ । यस्ता किसिमका गतिबिधी तथा रातको समयमा घर फोड्ने औजार सहित शंका लाग्ने मानिस हिडँडुल गरिरहेको देख्नु भएमा जो कोहीले पनि नजिकको सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्नु होला भनी प्रहरीले अनुरोध गरेको छ । गत सोमवार राति अज्दाजी २३स्३० बजेको समयमा पक्राउ गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.