Take a fresh look at your lifestyle.
npa 9 suchana

गौर गगापिपरा सडकमा यातायात सञ्चालनमा समस्या 

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

, रौतहट २८ साउन ।

यमुनामाई गाउँ पालिकाको सुचना

बागमती नदीमा आएको बाढीले  क्षतिग्रस्त बनेको गौर गगापिपरा सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । असार२७ र २८ गतेका दिन आएको बाढीले सदरमुकाम गौरबाट गगापिपरा जाने सडक पथरा र सरुअठाको वीचमा रहेको पुल नजिकको डाइभर्सन सडक अझ डुबानमा रहेकोले यातायात संचालन समस्या भएको हो । पथरा र सरुअठाका विच रहेको पुल क्यौ वर्ष देखि कछुवाको चालमा निर्माण भइ रहेको स्थानीयले बताएका छन । पुल निर्माण गर्नका लागी ठेकदारले डाईभर्सन सडक बनाउनु पर्नेमा सडक नबनाई पुलको तल्लो स्तहलाई नै सम्याइएकोले सो डाइभर्सन सडक डुबानमा रहेको छ । बम नहर देखि सरुअठा सम्म रहेको नहरको सडक ठाउँ ठाउँमा भत्केकोले यातायात सचालनमा समस्या भएको वस व्यवसायीले बताएका छन । सडकलाइ मर्मत गर्न स्थानीयले माग गर्दै आए पनि ठेकेदारले वास्ता रहेको छैन  ।  ब्यवसायीहरुले सडक भत्केको कारण रुट परिवर्तन गरी सुकदेव चोक हुदै गगापिपरा टेम्पु सचालन गरे पछि गौर देखि पथरा सम्मका यात्रीहरु मारमा परेको पथराका स्थानीय वासिन्दा देवेन्द्र प्रसाद यादवले बताए ।  सदरमुकाम गौरसँगको एक मात्रै ब्यापारीक नाका जोड्ने सडक झण्डै १ महिना सम्म सञ्चालन नआउँदा ग्रामिण भेगमा सामानको भाउँ ह्वात्तै बढेको छ ।  ,दैनिक उपभोग वस्तु  लगायतका सामानको बजार भाउँ केहिदिन यता निकै बढेको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.