Take a fresh look at your lifestyle.
npa 9 suchana

राजपुर र ईशनाथ नगरपालीकामा १० जनामा कोरोना भाइरस संक्रमित

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ४ जेठ
राजपुर र ईशनाथ नगरपालीकामा १० जनामा कोरोना भाइरस संक्रमित देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौले जनाएको छ ।
एकै दिन रौतहटमा १० जनामा कोरानो भाइरसको सक्रमण देखिएको हो । उनीहरुलाई गएको शुक्रवार स्वाव संकलन गरी परिक्षणका लागी लगिएको थियो ।
भारत बाट सिमा प्रवेश गर्न खोज्दा नेपालका सुरक्षाकर्मिले नियन्त्रणमा लिई उनीहरुलाइ क्वारेन्टाईनमा बुझाएको थियो ।
बैसाख ३१ गते उनीहरु भारतको बिभिन्न शहरहुदै एम्बुुलेन्स, ट्रयाक्टर, ट्रक , मोटरसाइकल का साथै पैदल रौतहटको सिमाना सम्म आइपुगेको थियो ।
सिमाना बाटै सिधै क्वारेन्टाइनमा लगिएकोले परिवार तथा समुदायमा उनीहरुको सम्पर्क नभएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएका छन । उनीहरुलाइ उपचारको लागी बिरगज लैजाने तयारी भैरहेको छ ।
केहि दिन यता मात्रै भारत बाट आएका ६२ जनालाइ नियन्त्रणमा लिइ क्वारेन्टाइनमा बुझाएको जिल्ल प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको राजपुर नगरपालिका वडा न ९ का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु भारतको मुम्बईबाट गएको चैत ३० गते रौतहट आइएका थिए ।
फेला परेका संक्रमित सगै २७ जना आएका थिए । उनीहरु लाइ पिसीआर बिधि द्धारा परिक्षण गर्दा ७ जनामा संक्रमण देखा परेको हो ।
यस्तै ईशनाथ नगरपालीका वडा न ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषहरुलाई पनि भारतबाट नेपाल प्र्रवेश गर्न खोज्दा सुरक्षाकर्मिले नियन्त्रणमा लिएर केही दिन अघि क्वारेन्टाईनमा बुझाएको थियो ।
रौतहटमा संक्रमितको सख्या १३ पुगेको छ ।यस अघि जिल्लाको बृन्दावन, ईशनाथ र देबाहीगोनाही नगरपालीकाका ३ जनामा संक्रमण फेला परेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.