Take a fresh look at your lifestyle.
npa 9 suchana

बौधीमाई नगर पालिकाका पाँचौ नगर सभा सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २७ भदौ ।
बौधीमाई नगर पालिकाका पाँचौ नगर सभा आज सम्पन्न भएको छ । नगर सभामा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक निति तथा कार्यक्रम नगर प्रमुख राजीव रंजन यादवले प्रस्तुत गरेका थिए । पूर्वाधार ,शिक्षा , स्वास्थ्य , कृषि सिचाई ,पशु , वितिय क्षेत्र , फलफुल खेती , यधोग तथा वाणिज्य , पर्यटन ,सहकारी ,समाजिक क्षेत्र ,सर सफाई तथा फोहोर मैला व्यवस्थापन ,भाषा तथा संस्कृति , लैगिक समानता तथा समावेशीकरण ,वन वातावरण विपद व्यवस्थापन , युवा तथा खेलकुद सम्बन्धी निति , विधेयक सम्बन्धी निति , जस्ता निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । आर्थिक वर्ष २०७८।०७९ मा कूल अनुमान आय ४३ करोड ६ लाख ६३ हजार ६३ रुपैयाको आय व्यय प्रस्तुत गरेका हुन । असार महिनामा नगर सभा तथा निति कार्यक्रम गर्नु पर्नेमा आन्तरिक विवादका कारण नगर सभाको ढिलाई भएको हो ।नगर सभामा विभिन्न वडाका वडा अध्यक्ष , कार्य पालिका सदस्य ,नगरका बुद्धिजीवी , भद्र भलादमी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । जिल्लाका १६ नगर पालिका र २ वटा गाउँ पालिकाका मध्ये ३ वटा नगर पालिकाको नगर सभा असारमा भएन । बौधीमाई नगर पालिकाको नगर सभा आज भए पनि देवाही गोनाही नगर पालिका र गरुडा नगर पालिकाको नगर सभा आज सम्ममा पनि भएको छैन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.