Take a fresh look at your lifestyle.
npa 9 suchana

लागु औषध सहित २ जना पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १० भदौ
लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिरगंज (पर्सा) को सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
वौधीमाई नगरपालिका वडा नं. ८ बंकुल बजार स्थित विआर ०५ वाई ४३३२ नं. को मो.सा. लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.मा सवार भारत जिल्ला पूर्बी चम्पारण थाना घोडासहन ग्राम पंचायत पुर्नहिया वडा नं. ६ वस्ने अं. वर्ष ४१ को सुरेन्द्र प्रसाद जौसवाल र ऐ. ऐ. वस्ने भानु प्रसाद जौसवालको श्रीमती अं. वर्ष ३५ की सुनिता देवीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेका जनाएको छ ।
दुबै जनालाई लागु औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.