Take a fresh look at your lifestyle.
npa 9 suchana

जिल्ला प्रशासन कार्यालय रौतहटमा विधुतिय राहदानी सेवाको काम विहान देखि शुरु

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट , असार ०४ गते
जिल्ला प्रशासन कार्यालय रौतहटमा विधुतिय राहदानी सेवाको काम विहान सात बजे देखि शुरु गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार सेवाग्राहीको चापलाई ध्यान दिदै विहान देखि सेवा दिन लागेको हो ।
असार ०५ गते देखि जिल्ला प्रशासन कार्यालय रौतहटले आईतवार देखि विहिवार सम्म विहान सात बजे देखि सांझ पाँच बजे सम्म र शुक्रबार विहान सात बजे देखि दिउँसो तीन बजे सम्म विधुतिय राहदानी सेवाको काम हुने प्रमुख जिल्ला अधिकारी मिश्र ले बताए ।
विधुतिय राहदानीको फर्म भराउने तथा वायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशन गरि निःशुल्क रहेको जानकारी दिई सकेका छन ।
सेवाग्राहीको सुविधाको सो कार्यालयले परिसर भित्र सन्देश प्रसारण गर्न लागि साउण्ड सिष्टम जडान गरेका छन ।
गर्मिमा सेवाग्राहीलाई राहत होस भनी बढि चहल पहल हुने प्रतिक्षालय सहितका ठाउं ठाऊमा पंखा जडान समेत गरेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.