Take a fresh look at your lifestyle.
npa 9 suchana

लुटपाट गर्ने व्यक्ति दुइ जना पक्राउ;

gadhimai nagar palika ko suchana
suchana gadhimai

लुटपाट गर्ने व्यक्ति दुइ जना पक्राउ;
रौतहट १२ पुष।
ब्यासी हजार रकम खोसी लुटी भागेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज विहीवार करिव १० वजेको समयमा कटहरिया न.पा.वडा नं.४ बहादुरपुर टोल बस्ने बाबुलाल बैठाको छोरा अं. बर्ष ३१ को नसिब बैठा र .वडा नं.५ पानी ट्याङ्की बस्ने दरोगा साहको छोरा अं.बर्ष ३६ को हरि शंकर साह सोनारले सोही निवासी. बतहु मिया मन्सुरीको छोरा अं. बर्ष ७० को आलम मिया मन्सुरीलाई ललाई फकाई मदिरा सेवन गराई नियन्त्रणमा लिई निजको साथबाट जबरजस्ती नगद ब्यासी हजार खोसी लुटी भागेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कटहरिया, रौतहटबाट खटिएको प्रहरी टोलीले ती भागेका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा कटहरिया न.पा.वडा नं.५ बाट नसिब बैठा र हरि शंकर साह सोनारलाई नगद उन्नसाठी हजार सहित नियन्त्रणमा लिएको जिप्रका रोतहटले जनाएको छ । आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा, रौतहटमा लगी चोरी तथा डाँका सम्बन्धि कसूरमा थप अनुसन्धान भई रहेको बताइएको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.