Take a fresh look at your lifestyle.
npa 9 suchana

रंगपुर साझेदारी बन ब्यवस्थपन समूहको साधारण सभा सम्पन्न अध्यक्षमा यादव निर्वाचित

gadhimai nagar palika ko suchana
suchana gadhimai

रंगपुर साझेदारी बन ब्यवस्थपन समूहको साधारण सभा सम्पन्न अध्यक्षमा यादव निर्वाचित
रौतहट १३ माघ ।
देशकै पहिलो रंगपुर साझेदारी बन ब्यवस्थपन समूहको साधारण सभा आज माध्यमिक विद्यालय महमदपुर गरुडा ५ मा सम्पन्न भएको छ ।
सो सभामा सम्बोधन गर्दै प्रदेश सदस्य तथा पुर्व वन तथा वातावरण मन्त्रालयका राज्य मन्त्री नागेन्द्र प्रसाद यादवले जगल छेउ लगायत सम्पुर्ण सामुदायको सहभागितामा समिति चयन गर्न सुझाव दिएका छन ।
उनले सर्व सहमतिबाट समिति चयन गर्न सुझाव दिएका हुन । २२ वटा वडाबाट सहभागी रहेका प्रतिनिधिहरुलाई आग्रह गर्दै उनले चन्द्रपुर , गुजरा ,वनबहुअरी ,कटानी ,रगपुर लगायत दक्षिण तर्फको वडाहरुका प्रतिनिधिहरुको सहभागीता हुने गरी समिति बनाउने आग्रह गरे ।
१२ वर्षको माओवादीका द्धन्द्ध कालमा हजारौ विगहा अतिक्रमण गरेका वनलाई महिलाहरुले अहोरात्री खटी अतिक्रमण हटाएको पुर्व राज्य मन्त्री यादवले अवगत गराएका थिए । लोकतन्त्रमा चुनावको प्रक्रिया रहे पनि चुनावले प्रतिस्पर्धा आउने भएको हुदाँ वन जोगाउन सर्व सहमति चयन गर्न अपिल गरेका थिए । जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादवको अध्यक्षतामा रंगपुर साझेदारी व्यवस्थापन समुहका अध्यक्ष राम चन्द्र गिरीले उतरी भेग देखि दक्षिण भेगका उपभोतmाहरुको सम्मान हक अधिकार रहेको बताए । २०६३ सालमा विभिन्न किसिमका चुनौतीको सामना गर्दै आज सम्म वन लाई जोगाउन अहम भुमिका खेलाका महानुभावहरुलाई धन्यवाद दिएका थिए । वन जोगाउन वन कर्मचारीको जिम्मेवारी मात्र नभई सम्पुर्ण साझेदारी वन व्यवस्थापन समुहमा रहेका प्रतिनिधि आम जनताको कर्तव्य रहेको उनले बताए । सो अवसरमा वारा जिल्लाका वन अधिकृत विनोद सिहले वनको ऐन कानुन तथा वनका फाइदा वारेका जानकारी गराएका थिए ।
,साझेदारी वन व्यवस्थापन महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश जी प्रसाद साह प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की लगायतका वतmाहरुले वन जोगाउन सवैले लाग्नु पर्ने धारण व्यतm गरेका थिए ।

 

यमुनामाई गाउँ पालिकाको सुचना

 

 

सोही अवसरमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले स्वागत गर्दै वन जोगाए सबैलाई फाइदा हुने बताए । वातावरण , जलवायु , प्राकृति प्रकोपलाइृ पनि वनबाट जोगिने भएको हुदाँ आ आफनो घर वारी तथा खेत खलिहानमा रुख रोप्न आग्रह गर्दै वन जोगाउन सबैको दायित्व हो उनले भने ।
देशको पहिलो साझेदारी वनको साधारण सभा विभिन्न अवरोधको वावजुद पनि सफल भएकोले सहभागीहरुले खुशी व्यतm गरेका छन । साधारण सभाको कार्यक्रम सम्पन्न पश्चात आज भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागी एक जनाको मात्र उम्मेदवारी परेको हुनाले विजय घोषण भएको छ । अशोक यादव अध्यक्ष पदमा विजय भएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष पदमा २ जनाको उम्मेदवारी , ३ जना महिला सदस्यमा ४ जना महिलाको उम्मेदवारी , १ जना दलित पदमा इन्दू देवीको मात्र उम्मेदवारी परेकोले विजयको घोषण भएको छ । यसै गरी ७ जना खुल्ला सदस्यमा १९ जनाको उम्मेदवारी परेको बताइएको छ । मधेशी कोटामा कसैको उम्मेदवारी परेको छैन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.