


१८ जेठ, रामेछाप । मन्थली नगरपालिका-६ मसानटारमा टिफरले ठक्कर दिँदा रामेछापको लिखु तामाकोसी गाउँपालिका १ का वडाअध्यक्ष मिङमार तामाङ गम्भिर घाइते भएका छन् । उनलाई शुक्रबार बिहान टिफरले ठक्कर दिएको थियो ।
काठमाडौँबाट रामेछापका सदरमुकाम मन्थलीतर्फ आउँदै गरेका तामाङलाई मन्थलीबाट खुर्काेटतर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट उनको देब्रे गोडामा गम्भीर चोट लागेको छ ।
उनीसँगै उनको मोटरसाइकलमा पछाडि बसेका प्रदिप तामाङ सामान्य घाइते भएका छन् ।
घाइतेहरुको मन्थली स्थित तामाकोसी सहकारी अस्पतालमा सामान्य उपचार गरी थप उचारको लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
ठक्क दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।