Take a fresh look at your lifestyle.
npa 9 suchana

मोदीले गरे बीआरआईको विरोध, भन्छन्– भूगोल मात्र जोडिएर हुँदैन, मन पनि जोडिनुपर्छ

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना


२८ जेठ, काठमाडौं । चीनको महत्वाकांक्षी परियोजना ‘एक क्षेत्र एक सडक’ (बेल्ट एण्ड रोड–बीआरआई)मा संलग्न हुन भारतले अस्वीकार गरेको छ । चीनमा आयोजित शांघाइ सहयोग संगठन (एससीओ) को १८ औं शिखर सम्मेलनमा सहभागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बीआरआईमा भारत संलग्न नहुने बताएका हुन् ।

उनले प्रस्तावित यस परियोजनामा संलग्न सदस्य राष्ट्रहरुको सम्प्रभुता र अखण्डताको प्रश्न उठाए । यद्यपि, उनले समावेशीता सुनिश्चित गर्ने सबै पहलमा भारतको सहयोग रहने बताए ।

चिनियाँ राष्ट्रपति शि जिनपिङसमेत उपस्थित रहेको शिखर सम्मेलनमा मोदीले भने, ‘भारत यस्ता परियोजनाको स्वागत गर्दछ जुन समावेशी, मजबुत र पारदर्शी होस् । देशहरुको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान होस् ।’

भारतले बीआरआईको लगातार विरोध गर्दै आएको छ किनभने यो पाकिस्तान नियन्त्रित विवादित कश्मिर हुँदै जान्छ । मोदीले भने, ‘सम्पर्कको अर्थ केबल भूगोलमात्र जोडिएर हुँदैन बरु त्यहाँका मानिसहरुको मन पनि जोडिनु पर्दछ ।’

शिखर सम्मेलनमा मोदीले संक्षिप्त नाम ‘सेक्योर’को रुपमा आफ्नो धारणा राखेका थिए । मोदीका अनुसार ‘एस’ को अर्थ नागरिकको सेक्युरिटी (सुरक्षा), ‘ई’को अर्थ इकोनोमिक डेभलपमेन्ट (आर्थिक विकास), ‘सी’को अर्थ क्षेत्रमा कनेक्टिभिटी (सम्पर्क), ‘यू’को अर्थ युनिटी (एकता), ‘आर’को अर्थ रेसपेक्ट फर सोभरनिटी एण्ड इन्टिग्रिटी (सम्प्रभुता र अखण्डताको सम्मान) र ‘ई’को अर्थ इन्भायरोमेन्टल प्रोटेक्सन (पर्यावरण सुरक्षा) हो ।

भारतबाहेक शांघाइ सहयोग संगठन (एससीओ)मा सहभागी सबै देशहरुले बीआरआई परियोजनाको समर्थन गरेका छन् ।

७ हजार २ सय किलोमिटरको बीआरआई परियोजनाले नेपाल, भारत, इरान, पाकिस्तान, अफगानिस्तान, इरान, आर्मेनिया, अजरबैजान, रुस, मध्य एशिया र यूरोप हुँदै जोडिन्छ ।

शांघाइ सहयोग संगठन (एससीओ)मा हाल आठ सदस्य राष्ट्र छन् जुन विश्वको करिब ४२ प्रतिशत आवादी र विश्वको जीडीपीको २० प्रतिशत प्रतिनिधित्व गर्दछ । सन् २००१ मा स्थापित यस संगठनमा भारत, रुस, चीन, पाकिस्तान, किर्गिज गणराज्य, काजकिस्तान, ताजकिस्तान र उज्बेकिस्तान सदस्य छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.