Take a fresh look at your lifestyle.
npa 9 suchana

इप्रकाद्धारा अवैध भटी नष्ट

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २५ असार ।
राजपुर नगरपालीका वडा नं. ५ राजपुर गाँउमा संचालन रहेको अवैध भटी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय राजपुरबाट प्र.ना.नी प्रमानन्द प्रसाद यादवको कमाण्डमा खटि गएको १५ जनाको प्रहरी टोलीले बिभिन्न स्थानमा संचालन रहेका तिन भटीलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अवैध रुपमा संचालन गरेको घरेलु मदिरा उत्पादन गर्ने भट्टी र अबैध घरेलु मदिरा बनाउनलाई तयार पारि राखेको कच्चा पदार्थ चार हजार लिटर मदिरा पोखाई नष्ट गरीएको छ । मदिरा बनाउने मेसिन थान १, कच्चा पदार्थ राख्ने खाली ड्रम थान ७ बरामद गरीएको हो । बुधवार करिव पाँच वजेको समयमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.