

रौतहट ३ चैत्र ।
यमुनामाई गाउँपालिका ३ राजपुर तुलसी नजिक एक जनालाई हात हतियार सहित आज पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल¸ नेपाल सुरक्षा बेश फतुवा रौतहटबाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा खटिई गएको टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला रौतहट साविक राजपुर तुलसी गा.वि.स. ९ हाल यमुनामाई गाउपालिका ३ राजपुर तुलसी बस्ने अन्दाजी वर्ष ४९ को शेष बैतुल्लालाई हात हतियार गोलीगठ्ठा सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ । आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा बुझाएको भनि सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले जानकारी दिएका छन । चाईनिज पेस्तोल १ नाल र म्यागजीन १ वटा , ७.टछ मि.मि. बाल राउण्ड २ गोटा , कटुवा पेस्तोल १ नाल , मोबाईल (सामसुङ्ग र नोकिया) २ थान ,घडी थान १ ,नेपाली नगद रु तिन हजार चार सय असी, भारतीय रुपैया २१, साउदी रियाल १,नेपाली नगरिकता प्रमाणपत्र थान १, सवारी चालक अनुमति पत्र थान १, द्यच्ण्छत् डज्ञघट को मोटर साईकल ब्लू बुक थान १ बरामद भएको जनाइएको छ । आज सोमवार ९ः५० वजेको समयमा पक्राउ गरिएको थियो ।