, रौतहट २७ बैसाख ।
स्थानिय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य स्वच्छता सामग्री वितरण गरेको छ ।
कोराना संक्रमण रोकथामका लागी नगरपालिका स्तरबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षित राख्न पिपिइ, मास्क, सेनेटाइजर, थर्मल गन लगायतका सामग्रीहरु जिल्लाभरीको लागी हस्तान्तरण गरेको ग्रामिण विकास केन्द्र (आरडीसि) का अध्यक्ष पारस हुसेनले बताएका छन ।
जिल्ला अस्पताल गौर, चन्द्रनिगाहपुर अस्पताल, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा संचारकर्मीहरुलाई समेत स्वास्थ्य स्वच्छता सामग्री वितरण गरेका हुन ।
लकडाउनका कारण समस्यामा परेका अति विपन्न तथा गरिब परिवारको लागी समेत आरडिसीले रौतहटका खाद्यान्न सामग्री वितरण गरेको छ ।
इस्लामीक रिलिफ नेपालको सहयोगमा रौतहटका इशनाथ, राजपुर, परोहा नगरपालिका तथा दुर्गाभगवती र युमनामाई गाँउपालिकाका अठार सय परिवारलाई नेपाल सरकारको मापदण्ड अनुरुप खाद्यान्न लगायतका सामग्री वितरण गरिएको आरडिसी नेपालले जनाएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments