

, रौतहट २७ बैसाख ।
प्रदेश न २ का कृषि राज्य मन्त्री योगेन्द्र यादवले आज नेपाल पत्रकार महासँघ रौतहटलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्त्रण गरेको छ । राज्य मन्त्री यादवको पहलमा प्रदेश सरकारले प्रदान गरेको स्वास्थ्य सुरक्षा समाग्री महासँघलाई हस्तान्त्रण गरेको हो ।
कोराना संक्रमण रोकथामका लागी पत्रकारहरुलाई सुरक्षित राख्न पिपिइ, मास्क, सेनेटाइजर, थर्मल गन लगायतका सामग्रीहरु हस्तान्तरण गरेको राज्य मन्त्री यादवले बताएका छन । पिपिइ,२० थान , मास्क ५० थान , सेनेटाइजर २० थान , थर्मल गन २ थान प्रदेश न २ का कृषि राज्य मन्त्री योगेन्द्र यादवद्धारा प्राप्त भएको नेपाल पत्रकार महासँघ रौतहटका सचिव गौतम श्रेष्ठले बताए ।